पोखरा, २७ भदौ
पोखरा महानगरपालिका–२२, कालाबाङस्थित कालाबाङ तगुह्रों घोथाने परिवारको आयोजनामा तेस्रो तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै वडा सदस्य ओमकुमारी गुरुङले हरितालिका तीज महिलाहरुको महत्वपूर्ण चाड भएको बताउनुभयो । उहाँले संस्कृतिलाई विकृतिमुक्त बनाउन जरुरी रहेको आवश्यकता औंल्याउँदै तीज पर्वको मौलिकतालाई जोगाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा हाल हङकङमा कार्यरत समाजसेवी ईश्वर गुरुङ, आनी आमा समूहका अध्यक्ष मानकुमारी गुरुङलगायतले बोल्नुभएको थियो । परिवारका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शर्मिला गुरुङले गर्नुभएको थियो । कार्यक्रमको सम्पूर्ण खर्चको प्रायोजन ईश्वर गुरुङले गर्नुभएको थियो ।
कालाबाङ तगुह्रों घोथाने परिवारको तेस्रो तीज विशेष कार्यक्रम सम्पन्न
२७ भाद्र २०७५, बुधबार
489
![](http://laphakhabar.com/wp-content/uploads/2018/09/41685443_2145471805773351_6239843773140959232_n.jpg)
Advertisment