पोखरा, १६ भदौ
सामुदायिक सूचना समाज, पोखराले सूचनाको हक वा सुशासनका क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने “सीआईएस पत्रकारिता पुरस्कार–२०७६” पत्रकार उमा आलेमगरलाई सम्मान गरिएको छ ।
माछापुच्छ«े गाउँपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयूक्त कृष्णहरि बाँस्कोटा, माछापुच्छ«े गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले नगद ११ हजार १ सय ११ रुपियाँ, माला, दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो । पोखराको गण्डकी टेलिभिजन, रेडियो कास्की, हेल्थ अपडेट म्यागेजिन र एफएम रेडियो नेटवर्क अनलाइनमा कार्यरत पत्रकार उमा आलेमगर पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य, सञ्चारिका समूह, गण्डकी प्रदेशकी कोषाध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), कास्की शाखाकी कोषाध्यक्ष एवं नेपाल मगर पत्रकार संघ, कास्कीकी सचिव हुनुहुन्छ ।
सम्मान कार्यक्रममा बोल्दै आयुक्त बाँस्कोटाले सूचना पाउने सबैको अधिकार भएको बताउँदै सूचना लुकाउन नहुनेमा जोड दिनुभएको थियो । सूचना लुकाउन हँुदैन, यदि लुकाउने प्रयास भए कारबाही हुन्छ, उहाँले भन्नुभयो, “सूचनाको हक संविधानमै उल्लेख गरिएकाले सूचना उपलब्ध बाध्यात्मक हो । सोही अवसरमा बाँस्कोटाले जनप्रतिनिधिहरू र राष्ट्रसेवक कर्मचारीहरूका लागि स्थानीय सरकार सञ्चालनका विधि तथा सूचनाको हक सम्बन्धि सहजीकरण पनि गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, पोखराका सूचना अधिकारी मेघनाथ रिजालले समाजमा सुशासन कायम गर्न सामुदायिक सुचना समाजसँग सहकार्य गर्न अख्तियार तयार रहेको बताउनुभएको थियो ।
सम्मानित पत्रकार उमा आलेमगरले सूचना छिटो छिरितो उपलब्ध गराउन आग्रह गर्दै सम्मानले थप हौसला प्रदान गरेको बताउनुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्वको परिचय पुरस्कार छनोट समितिका संयोजक माधव पनेरुले गर्नुभएको थियो । कार्यक्रममा सूचना समाज पोखराका अध्यक्ष दीपक आचार्य, पत्रकार यदुनाथ बञ्जरा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीलगायतले बोलेका थिए । कार्यक्रम माछापुच्छ«े गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीको अध्यक्षतामा भएको थियो ।
पत्रकार उमा आलेलाई सीआईएस पत्रकारिता पुरस्कार
१६ भाद्र २०७६, सोमबार
794
![](http://laphakhabar.com/wp-content/uploads/2019/09/69249795_781358805614556_7411435625137569792_n.jpg)
Advertisment