मगर संघ, अमेरिकाको अध्यक्ष पुनः रानामगर निर्वाचित

विरु जीएम
सेवेल (न्यू जर्सी), ३१ जुलाई
मगर संघ, संयुक्त राज्य अमेरिकाको आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः कुलदीप रानामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।


न्यू जर्सी राज्यको सेवेल शहरमा सम्पन्न महाधिवेशनबाट रानामगर दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुमन पुनमगर, उपाध्यक्ष (पूर्वी क्षेत्र)मा अनिल रोकामगर, उपाध्यक्ष (मध्य क्षेत्र)मा मीन दर्लामीमगर चयन हुनुभएको छ भने उपाध्यक्ष (पश्चिम क्षेत्र)मा मनोनयन हुन बाँकी रहेको छ । त्यस्तै, उपाध्यक्ष (भाषा)मा ईश्वरप्रसाद बुढामगर, उपाध्यक्ष (महिला)मा जानकी थापामगर, महासचिवमा दीपककुमार बुढामगर, सचिवमा पूर्णबहादुर पाइजामगर, कोषाध्यक्षमा विष्णु रानामगर, सह–कोषाध्यक्षमा विष्णु थापामगर चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा विदुर पुनमगर, चन्द्रबहादुर गुर्मछानमगर, इमान थापामगर, कृष्ण रानामगर, टेकबहादुर थापामगर, पदेन सदस्यहरूमा न्यू योर्क, न्यू जर्सी, डीएमभी च्याप्टर, टेक्सास च्याप्टरका अध्यक्ष रहनुभएको छ । महाधिवेशनका अवसरमा सन् २००४ मा स्थापित संघले १७ वर्ष पूरा गरेको अवसरमा ‘याँभू’ मुखपत्रको दोश्रो अंकको प्रिन्ट र डिजिटल एप्स् संस्करण एकैसाथ सार्वजनिक समेत गरिएको छ ।
उक्त महाधिवेशनमा संघको मुखपत्र ‘याँभू’ को लोकार्पण संघका अध्यक्ष कुलदीप रानामगर र याँभूका प्रमुख सम्पादक एवं नेपालिजम डट कमका प्रधान सम्पादक प्रदीप परियार थापामगरले गर्नुभएको थियो । संघले यस अघि संघको स्थापना कालदेखिको दश वर्षलाई समेटेर ‘मगर संघ अमेरिका स्मारिका–२०१४’ र सन् २०११ मा याँभूको पहिलो अंक प्रकाशन गरिसकेको छ । मगर संघ अमेरिकाको हाल पाँच राज्य च्याप्टरहरू न्यू योर्क, न्यू जर्सी, डिएमभि (डिसी/मेरील्याण्ड/भर्जिनिया), टेक्सास र सिकागो रहेका छन् । यी बाहेक थप १० राज्यहरूमा सदस्यता वितरण गर्न सफल भएको छ ।

Advertisment