मगर संघ अमेरिका न्युजर्सी च्याप्टरकाे दाेस्राे अधिवेशन सम्पन्न !

न्युजर्सी,अगस्ट २२, २०२१
मगर संघ, अमेरिका,न्युजर्सी च्याप्टरको अध्यक्ष पदमा जय बहादुर राना मगर सर्वसम्मत चयन हुनुभएको छ ।
न्युजर्सीमा बसोबास गर्ने मगरहरूको दाेस्राे अधिवेशनकाे भेलाबाट अध्यक्षमा रानामगर सर्वसम्मत चयन हुनुभएको हो । त्यसैगरी, अधिवेशनबाट उपाध्यक्षमा अनिता थापा मगर, सचिबमा गणेश थापा मगर, सह-सचिवमा, गणेश गाहा मगर, कोषाध्यक्षमा जेनिशा घर्ती मगर र सह–कोषाध्यक्षमा लीला थापा मगर चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा गीता थापा मगर, अनिशा घर्ती मगर,रूपा आले मगर,सीता थापा मगर,रोशन थापा मगर,उतम कुमार थापा मगर,विजय कुमार राना मगर,बिमल घर्ती मगर र
मिलन थापा मगर रहनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई मगर संघ, अमेरिकाका अध्यक्ष कुलदीप रानामगरले बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

Advertisment