मगर संघ मकाउको अध्यक्षमा शमशेर थापामगर

मकाउ, २७ सेप्टेम्बर
मगर संघ मकाउको दोश्रो अधिवेशनबाट अध्यक्षमा शमशेर थापामगर निर्विरोध चयन हुनुभएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा हिरा थापामगर, उपाध्यक्ष सूर्यकुमार थापामगर, उपाध्यक्ष राम रानामगर, महासचिव भुवन पुनमगर, सचिव द्रोण थापामगर, कोषाध्यक्ष प्रेमबहादुर थापामगर र सहकोषाध्यक्ष नेक सिंजाली मगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरुमा त्रिपक श्रीसमगर, मानबहादुर थापामगर, ईशु पुनमगर, निर्मला थापामगर, भरत थापामगर, दीपक श्रीसमगर, चन्द्र पुलामीमगर, पूजा थापामगर, सुमन पुनमगर, चित्र थापामगर र अनिलकुमार थापामगरसहित १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिलाई सल्लाहकार तथा निर्वाचन आयुक्त सदस्य दुर्गा थापामगर, भीमबहादुर खाम्चामगरले खादा ओढाइ बधाई दिनुका साथै सपथ ग्रहण गराउनुभएको थियो ।
आइतबार सम्पन्न अधिवेशनको प्रमुख अतिथि हङकङ–मकाउका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर रानामगर र विशेष अतिथि मगर संघ हङकङका अध्यक्ष युगमाया रानामगर रहनुभएको थियो । कोरोना महामारीका कारण उपस्थित नभए पनि वहाँहरूले पठाउनुभएको भिडियो सन्देश कार्यक्रममा प्रदर्शन गरिएको थियो ।
मगर संघ मकाउका अध्यक्ष शमशेर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकाउका अध्यक्ष भीमकुमार राई “किरात”, किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई र मकाउ तामाङ घेदुङ एशोसिएशनका उपाध्यक्ष कलबहादुर तामाङले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नेपालका प्रथम शहीद क्या. लखन थापामगर, संस्थापक अध्यक्ष हेमबहादुर पुनमगर र गोरेबहादुर खपाङ्गीमगर जस्ता वीर योद्धा शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गरी सम्मान व्यक्त गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले पठाउनुभएको भिडियो सन्देश समेत प्रदर्शन गरि गरिएको थियो । कार्यक्रममा कलाकार समूहले मगर समुदायको मौलिक नृत्य प्रस्तुत गरी कार्यक्रम थप रोचक बनाएका कार्यक्रम संघका नवनिर्वाचित महासचिव भुवन पुनमगर र सदस्य गीता मगर शेर्पाले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Advertisment