राजु गुरुङ र दीपा गुरुङको ‘गुन्द्री चकटी’ आयो

काठमाडौं, ७ मंसिर
चर्चित लोक तथा दोहोरी गायक राजु गुरुङ र गायिका दीपा गुरुङको नयाँ सांगीतिक कोसेली ‘गुन्द्री चकटी’ सार्वजनिक भएको छ ।
दोहोरी गीत “गुन्द्री चकटी”को म्यूजिक भिडियो सोमबार साँझ दीपा गुरुङ युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । गायक राजु र गायिका दीपाको स्वर रहेको यस गीतमा पृष्ठभूमिमा गायिका रुपि सिंजाली, पेमा मगर, सागर बाजुराली र राजेन्द्र बाजुरालीले स्वरमा साथ दिएका छन् । चन्द्र परियारको शब्द रहेको गीतमा लय भने रमेश परियारको रहेको छ ।
याम गुरुङले निर्देशन गरेको म्यूजिक भिडियोमा अनिल गुरुङ, विनोद श्रेष्ठ, बबिन सिंह ठकुरी, राजु गुरुङ, रमेश परियार, सलिना बुढाथोकी, माया राम्जाली, चित्र पुन र पूजा बुढाथोकीले अभिनय गरेका छन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियोको सम्पादन मेकबहादुर थापाले गरेका हुन् ।
विगतका गीतलाई जस्तै यस गीतलाई पनि दर्शक, स्रोताले माया गरिदिने विश्वास रहेको गायिका दीपा गुरुङले बताइन् ।

Advertisment