मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले माघे संक्रान्ति सांस्कृतिक कार्यक्रम गर्ने !

वीर घर्ती मगर
न्यूयोर्क, डिसेम्बर ०३

नेपाल मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरबाट प्रत्येक बर्ष हुने माघेसंक्रान्ति कार्यक्रम को तयारीमा जुटेको न्युयोर्क चाप्टरको कार्यसमितिको भर्चुअल बैठकले आगामी २०२२ जनवरी १६ मा न्यूयोर्कको लङ्गआईस्लेण्ड सिटि १३०५  ४३ एभिन्यु कुइन्स मा रहेको फाइब स्टार बनक़ुएत हलमा कार्यक्रम गर्ने भएको हो

अध्यक्ष ओमकार बुढा मगरको संयोजकत्वमा आयोजक कार्यसमिति गठन गरेको सचिव अमृत रोका मगरले लाफा खबरलाई जानकारीदिनुभयो रोका मगरले जानकारी गराए अनुसार मूल आयोजक समितिमा न्यूयोर्क च्याप्टर समितिका सबै पदाधिकारीहरु सदस्य रहनेछन्

बिगतका बर्षहरुमा झैँ न्यूयोर्क चाप्टर बाट आयोजना हुने माघे सक्रान्ति २०२२ को लागि विभिन्न भेगका सांस्कृतिक झाकी,नृत्य,दोहोरी गीत कमेडी सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको साथमा सो कार्यक्रम ८०० देखि १००० जना दर्शकहरूको बिचमा सम्पन्न गर्ने निर्णय गरेको छ।

कार्यक्रमको प्रबेश टिकटको सम्बन्धमा भी आइ पी टिकट १०० डलर,सामान्य टिकट ५० डलर,डोर टिकट ६० डलर, किड्स टिकट २० डलर गर्ने निर्णय सहित  कार्यक्रममा आउने पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उदेश्यले सबै नानी बाबुहरुलाई अनिवार्य भेषभुषा सहित मञ्चमा प्रदर्शन गरि उत्कृष्ट  हुने लाई सम्मान गर्ने निर्णय समेत भएको न्यूयोर्क चाप्टर अध्यक्ष  ओमकार बुढा मगरले जानकारी दिनुभयो।

Advertisment