मगर चलचित्रकर्मी संघ, कास्कीको एक हप्ते उद्घोषण तालिमको समापन

पोखरा, २४ मंसिर
मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीले आयोजना गरेको एक हप्ते उद्घोषण तथा भाषणकला तालिमको समापन गरिएको छ ।
सो तालिमको समापनका अवसरमा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरले तालिमका सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै उपाध्यक्ष मगरले यस्ता तालिमले व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने भनाइ राख्नुभयो । मगर चलचित्रकर्मीलाई हरेक पक्षबाट सक्षम बनाउन यस्ता तालिमले सहयोग पु¥याउने बताउँदै उहाँले आफ्नो पहिचान स्थापित गराउन यस तालिमले प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगर, मगर चलचित्रकर्मी संघ नेपालका संस्थापक केन्द्रीय सदस्य सन्तोष पिठाकोटेमगर, तालिमका प्रमुख प्रशिक्षक एवं अनुपम म्यूजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी, नृत्य निर्देशक रेशम गुरुङ, प्रशिक्षार्थीको तर्फबाट गोपाल घर्तीमगर, मुना रानामगर, अञ्जु बुढामगर, लेकदेवी पुनमगरलगायतले बोल्नुभएको थियो ।
मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष राहुल थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बाजिन्द्र बुढामगर र स्वागत अञ्जु बुढामगरले गर्नुभएको थियो ।

Advertisment