मगर चलचित्र ‘मीसार’को भोली पोखरामा विशेष प्रदर्शन

पोखरा, ११ जेठ
मगर समुदायको कथा वस्तुमा आधारित चलचित्र ‘मीसार’ को विशेष प्रदर्शनी पोखरामा हुने भएको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि जेष्ठ १२ गते बिहीबार बिहान ८ बजे पोखराको मिडटाउन सिनेमाजमा चलचित्र प्रदर्शन हुनेछ ।
म्याक्सन फोरडि स्टुडियोको चौथो प्रस्तुतिमा सन्तोष पिठाकोटे मगर (शेरबहादुर पिठा मगर) को कथा, छायाँकन, सम्पादन र निर्देशनमा चलचित्र ‘मीसार’ निर्माण भएको हो । चलचित्रमा भेष गुरुङ र सुजन थापा मगरले सहनिर्देशनको भूमिका निर्वाह गरेका छन् । चलचित्रको निर्मातामा गोबिन्द थापा मगर, सविता थापा मगर, मर्साङ्गी ब्रदर्श (हङकङ), कोटबहादुर बाचे मगर, मुक्त गुरुङ, प्रेममाया आले मगर र पवित्रा थापा मगर रहेका छन् ।
चलचित्रमा देवेन्द्र थापा तुमसिं मगर, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, रविन्द्र थापा मगर, भेष गुरुङ, भेषबहादुर पिठाकोटे मगर, कोटबहादुर बाचे मगर, निशा थापा मगर, पबित्रा थापा मगर, प्रेम माया आले मगर, मनिराज थापा मगर, चन्द्र मगर, सुमन आले मगर, धना राना मगर, वसन्त सारु मगर, मनमाया आले मगर लगायतको अभिनय रहेको छ । यस्तै, रमेशबाबु थापा मगर, पदम थापा मगर, चेतन रजाली मगर र गगन गुरुङको शब्द र संगीत रहेको चलचित्रको गीतमा पवन थापा मगर, अम्बिका पुन मगर, प्रसाद खप्तरी मगर, प्रीती आले मगर, गगन गुरुङ, रेशम आले मगर, यम सारु मगर र उषा गुरुङले स्वर दिएका छन् ।
चलचित्रको नृत्य निर्देशनमा राहुल थापा मगर, सर्जन थापा मगर, केशव आले मगर र गोबिन्द पुन मगर छन् । चलचित्रको कलरिङ, मिक्सिङ र डबिङ छवी राना मगरले गरेका छन् । चलचित्र मगर संस्कार र संस्कृतिमा आधारित नेपाली र मगर भाषामा एकैसाथ निर्माण गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।
चलचित्रको विशेष प्रदर्शन हेर्ने दर्शकलाई मुग्लान रेष्टुरेन्टमा दिवा खानाको समेत व्यवस्था गरिएको चलचित्रकी नायिका तथा एसटी क्रियशन म्यानेजमेन्टका जनसम्पर्क प्रमुख जेनिता थापा मगरले जानकारी दिइन् ।

Advertisment