आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकीको अध्यक्षमा गुरुङ

पोखरा, १४ जेठ
आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशको अध्यक्षमा माओत्सेतुङ गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार पोखरामा सम्पन्न प्रथम भेलाबाट उपाध्यक्षमा सन्तोष पिठाकोटे मगर, सोम गुरुङ र विकास ताम्राकार, महासचिवमा गोविन्द पुनमगर, सचिवमा गल गुरुङ र सूर्य सुनुवार, कोषाध्यक्षमा मीनु गुरुङ र सह–कोषाध्यक्षमा विमल भुजेल चयन हुनुभएको छ ।
गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को समन्वयमा आयोजित भेलामा बोल्दै आदिवासी जनजाति चलचित्र महासंघ, नेपालका अध्यक्ष अमृत सुनुवारले आदिवासी जनजाति मातृभाषी चलचित्रको विकासमा संगठन विस्तारले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको बताउनुभयो ।

Advertisment