रामबजार युथ क्लवको रत्तलदान कार्यक्रममा ३४ युनिट रगत संकलन

पोखरा २१ जेठ । पोखरामा रक्त अभावलाई मध्यनजर गरी रामबजार युथ क्लवले आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारी आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले पहिलो रक्तदाता शंकर नेपालीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरिएका कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । क्लवले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले रामबजार युथ क्लवले आफ्नो वार्षिकोत्सवको अवसर पारी रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरिन ।


रामबजार युथ क्लवले युवाहरुलाई बिकृति र विसंगतिबाट मुक्त गराइ सामाजिक सेवामा लाग्न प्रेरित गरेको वताउदै यसको अनुसरण अन्य संघ संस्था तथा क्लवहरुले गरेको खण्डमा सभ्य समाज निर्माण हुने उनको भनाइ रहेको थियो ।
उक्त कार्यक्रममा वडा नं. १० का निर्वाचित सदस्य पूर्ण चन्द्र न्यौपाने, रामबजार युथ क्लबका सल्लाहकारहरु राम ब. गुरुङ (संस्थापक अध्यक्ष, रामबजार सोसाईटी यू.के ), रुपक गुरुङ (भु.पु अध्यक्ष, रामबजार सोसाईटी यू.के), डा.चन्द्र ब. गुरुङ (पञ्चायत कालका भु.पु सभासद एवम सल्लाहकार, रामबजार सोसाईटी यू.के), ज्ञान ब.थापा (अध्यक्ष, कृष्ण मन्दिर सञ्चालक समिति), क्या.थमन थापा (अध्यक्ष,जेष्ठ नागरिक मिलेन केन्द्र), भुपेन्द्र कुँवर (निवर्तमान कोषाध्यक्ष,जेष्ठ नागरिक मिलेन केन्द्र), माया गुरुङ (अध्यक्ष, माछापुच्छ्रे आमा समुह ) लगायतको सहभागीता रहेको क्लवलका सचिव सनम गुरुङले जानकारी दिए ।


कार्यक्रममा क्लबका शुभचिन्तक पोख्रेली ट्याक्सी सेवा प्रा.लिका सञ्चालक सदस्य बिकास थापा र रामबजार ट्याक्सी सेवा प्रा.लिका संयोजक झक वीर थापा ले आर्थिक सहयोग गरेको क्लवका अध्यक्ष धन बहादुर पुनले जानकारी दिए ।

Advertisment