मगर महिला संघको अध्यक्षमा हिरुसरा राना सर्वसम्मत

पोखरा, २९ जेठ
नेपाल मगर महिला संघको सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा हिरुसरा रानामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष रानामगर यसअघि, उपाध्यक्ष हुनुहुन्थ्यो ।
यही जेठ २२, २३ र २४ गते गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा धनकुमारी रानामगर, सांस्कृतिक उपाध्यक्षमा देवी थापामगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा फूलकुमारी थापामगर, अठार मगरात भाषिक उपाध्यक्षमा मायापूरा रोकामगर, काइके भाषिक उपाध्यक्षमा मंगली रोकायमगर, महासचिवमा मीनाकुमारी काउछामगर, उपमहासचिव चित्रकला छन्त्याल श्रीसमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, संगठन सचिवमा प्रितमकुमारी रानामगर, सञ्चार सचिवमा दीपा थापामगर, विदेश सचिवमा नीताकुमारी थापामगर, जनसम्पर्क सचिवमा कृष्णा वंशीमगर, प्रशासन सचिवमा चन्दा थापामगर, कोषाध्यक्षमा सुधा रानामगर र सह–कोषाध्यक्षमा लालमाया थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै, केन्द्रीय सदस्यहरूमा सुदूरपश्चिम प्रदेशबाट दुर्गा रानामगर, चन्द्रकली घर्तीमगर र गंगा थापामगर, कर्णाली प्रदेशबाट पेशली बुढामगर, रेखाकुमारी थापामगर, तेचेन रोकामगर, लुम्बिनी प्रदेशबाट विस्मती बुढामगर, थानीमाया सोमैमगर, बुधकुमारी सोमैमगर, गण्डकी प्रदेशबाट रुपा आले थापामगर, भीमकला पुलामीमगर, मधुमाया थापामगर, सविता पुनमगर, बागमती प्रदेशबाट कुमारी आलेमगर, कविता थापामगर, तारा रैकामगर, जुना रानामगर, मधेश प्रदेशबाट रुपाकुमारी मगर, कौशल्यादेवी लुंगेलीमगर, प्रदेश नं. १ बाट चुन्नु थापामगर, फूलमाया रानामगर र मीना पुलामीमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अधिवक्ता इन्दिरा श्रीसमगर प्रमुख निर्वाचन आयुक्त, नेपाल मगर पत्रकार संघका उपाध्यक्ष एमबी आस्था मगर र नेपाल मगर लेखक संघका सचिव रूद्रबहादुर श्रीसमगर निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । त्यस्तै, अध्यक्ष मण्डलको संयोजकमा नेपाल मगर संघकी सह–अध्यक्ष गंगा खासुमगर, सदस्यहरूमा महासचिव टेक नाम्जालीमगर, उपमहासचिव खगेन्द्र पुनमगर र नेपाल मगर महिला संघकी पूर्व अध्यक्ष श्याममाया पुनमगर रहनुभएको थियो ।
यसअघि, महाधिवेशनको उद्घाटन नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गर्नुभएको थियो भने गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समेत महाधिवेशनलाई सम्बोधन गर्नुभएको थियो ।

Advertisment