लायन वर्ष शुुभारम्भको पहिलो दिन : लायन्स क्लब गण्डकी प्रदेशको तीन कार्यक्रम

पोखरा, १७ असार
लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ “एम”, लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले लायन वर्ष २०२२÷२३ को शुुभारम्भको पहिलो दिन जुलाई १ तारिखमा एकै दिन तीन कार्यक्रम सम्पन्न गरेको छ । शुुक्रबार आयोजित कार्यक्रममा क्लबले नयाँ क्लब जन्माएको छ । गण्डकी प्रदेशको प्रायोजनमा नयाँ लायन्स क्लबको शुुभारम्भ गरिएको हो । लायन प्रह्लाद लोहनी संस्थापक अध्यक्ष रहेको नयाँ क्लबको नाम लायन्स क्लब अफ पोखरा समता प्रदेश राखिएको छ ।
क्लबकी मेम्बरशिप को–चेयरपर्सन लायन मीना तिवारीलाई विहादी गाउँपालिका, पर्वतको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई ज्ञापनसहित सम्मान गरिएको छ । सो अवसरमा डिष्ट्रिक्ट चिफ एड्भाइजर लायन धनीराम बराल, रिजन चेयरपर्सन लायन भानुुभक्त अधिकारी, जोन चेयरपर्सनद्वय लायन धर्मराज अर्याल र लायन कोपिला श्रीस तथा क्लबकी नवनिर्वाचित अध्यक्ष लायन उषा थापाले उपाध्यक्ष तिवारीलाई सम्मान गर्नुभएको थियो । त्यसैगरी, क्लबले नयाँ सदस्य स्वागत गरेको छ । कार्यक्रममा क्लबका नयाँ सदस्य लायन श्रवण थापालाई स्वागत गरिएको हो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ एड्भाइजर लायन धनीराम बरालले क्लबकी लायन वर्ष २०२२÷०२३ की अध्यक्ष लायन उषा थापाले आफूले जिम्मेवारी लिएकै दिनमा एकै दिन तीन वटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्नु ऐतिहासिक कार्य भएको बताउनुुभयो । डिष्ट्रिक्ट गभर्नरको थिम अनुसार काम गरेर क्लबलाई उत्कृष्ट बनाउन शुुभकामना दिँदै उहाँले क्लबमा स्थायी सदस्य बनाएर दिगो बनाउन सुुझाव समेत दिनुुभयो ।
क्लबकी नवनिर्वाचित अध्यक्ष लायन उषा थापाको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयरपर्सन लायन भानुुभक्त अधिकारी, जोन चेयरपर्सनद्वय लायन धर्मराज अर्याल, लायन कोपिला श्रीस, क्लबका प्रथम उपाध्यक्ष लायन रूद्रबहादुर श्रीस, द्वितीय उपाध्यक्ष लायन सन्तुु सुुवेदी, तृतीय उपाध्यक्ष लायन सुशीला रामदाम, सचिव लायन विनिता सुवेदी, विहादी गाउँपालिका, पर्वतकी उपाध्यक्ष मीना तिवारीले बोल्नुुभएको थियो ।

Advertisment