बेसलाइन एकेडेमीको रजत जयन्तीमा विविध कार्यक्रम गरिने

पोखरा, २३ असार

पोखरा–१३, कुुँडहरस्थित बेसलाइन एकेडेमीले आफ्नो रजत जयन्तीका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । एकेडेमीले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी रजत जयन्तीमा आयोजना गरिने कार्यक्रमबारे जानकारी गराएको हो । जस अन्तर्गत सो विद्यालयले रजत जयन्तीका अवसरमा यही असार २४ गते अन्तर विद्यालय चित्रकला प्रतियोगिता, साउन २० गते लोकनृत्य प्रतियोगिता, भदौ ३१ गते अंग्रेजी स्क््रयाबल प्रतियोगिता, कात्तिक २५ गते नेपाली भाषाको वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने विद्यालयका प्रबन्ध निर्देशक षडानन्द गौतमले जानकारी दिनुुभयो । त्यसैगरी, मंसिर १४ गते सेभेन ए–साइड फुटबल प्रतियोगिता, माघ ९ गते खुल्ला मिनी म्याराथन, बृहत स्वास्थ्य शिविर, माघ १३ गते प्रभातफेरी कार्यक्रम, माघ १४ गते वार्षिकोत्सव तथा रजत जयन्ती समापन कार्यक्रम गरिने विद्यालयका प्रबन्ध निर्देशक गौतमले बताउनुुभयो । २०५४ सालमा ८४ जना विद्यार्थीबाट सुरु भएको यस विद्यालयले हालसम्म देशका लागि आवश्यक पर्ने थुुप्रै जनशक्ति उत्पादन गर्न सफल भएको विद्यालयकी निर्देशक शोभालक्ष्मी पौडेलले जानकारी दिनुुभयो । शिक्षक, चिकित्सक, इञ्जिनियर, उद्यमी, व्यवसायी, गायक, कलाकार विद्यालयले उत्पादन गर्न सफल भएको पौडेलको भनाइ छ । विद्यालयले शैक्षिक क्रियाकलापका अलावा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको विद्यालयका प्राचार्य रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुुभयो ।

 

Advertisment