भारतीय गोर्खा भूपू सैनिक संघ, हङकङको वार्षिकोत्सव सम्पन्न

हङकङ, २४ असार
भारतीय गोर्खा भूपू सैनिक संघ, हङकङको वार्षिकोत्सव सम्पन्न भएको छ । जोर्डनस्थित आफ्नै एक्स गोर्खा रेष्टुरेन्ट एण्ड बारमा संघले वार्षिकोत्सव सम्पन्न गरेको हो ।
लामो समयसम्म विश्वव्यापी कोभिड–१९ महामारीका कारण कार्यक्रम हुन सकेको थिएन । हाल केही सहज भएको अवस्थामा पाँचौं अधिवेशन पछिको प्रथम वार्षिकोत्सव आयोजना गरिएको हो ।
संघका संस्थापक तथा निबर्तमान कोषाध्यक्ष कृष्णप्रसाद गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सचिव केशव तुम्बाहाम्फे लिम्बुले सञ्चाल गर्नुभएको थियो । कार्यवाहक अध्यक्ष दुर्योधन लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा संघको सचिब केशव तुम्बाहाम्फेले संघको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष खगेन्द्र हाङ् लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन छलफलपश्चात् सर्वसम्मतिले पारित भएका छन् ।


कार्यक्रममा तमु सामाज हङकङका अध्यक्ष कोमल गुरूङ ९स्याङ्जाली कान्छ०, पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा घोताने “मिलन”लगायत संघका सल्लाहकारहरूको उपस्थिति रहेको थियो । सो अवसरमा उपस्थितलाई संघका निवर्तमान अध्यक्ष मनप्रसाद गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै, कार्यवाहक अध्यक्ष दुर्योधन लिम्बूूले यो प्रथम वार्षिकोत्सव मनाइरहँदा विशेष गरेर संस्थापक अध्यक्ष जंगबहादुर गुरुङ, पूूर्व अध्यक्षहरू जजिन चाम्लिङ र निवर्तमान अध्यक्ष मनप्रसाद गुरुङ साथै, संघको सम्पूर्ण सक्रिय सदस्य पदाधिकारी भूपूहरूको एकता साथ सहयोगले भूपूको छुट्टै माहोल बनेको निष्कर्ष निकालिएको थियो । संघलाई आजको यो स्थितिसम्म ल्याई पु¥याउंनु हुने सम्पूर्ण पदाधिकारी, सल्लाहकार र सदस्यहरूलाई उपस्थित अनुुपस्थित हङकङ र नेपालमा बहिरा रहनुहुने सबैमा धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो ।
भारतीय गोर्खा भूपू सैनिक संघ हङकङमा ५ जना नयाँ सदस्यले सदस्यता लिनुभएकोमा वहाँहरूलाई कार्यवाहक अध्यक्ष दुर्योधन लिम्बु र संस्थापक अध्यक्ष जंगबहादुर गुरूङद्वारा खादा लगाई स्वागत सम्मान गरिएको थियो ।

Advertisment