लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश र गलेश्वर सेञ्चुरीको एकै दिन तीन कार्यक्रम

पोखरा, १ साउन
लायन्स क्लब इन्टरनेशनल, ३२५ एम अन्तर्गतका दुुई क्लबहरू लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा गलेश्वर सेञ्चुरीले एकै दिन तीन कार्यक्रम सम्पन्न गरेका छन् ।
जस अन्तर्गतले ती दुुई क्लबले रिपोर्टिङ तालिम सम्पन्न गरेका छन् । जसमा आईटी चिफ लायन विकास भुुर्तेलले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी, दुुई क्लबको अगुुवाइमा पोखरा–१८, मेथ्लाङस्थित गोपाल धाम (जगदगुरु आश्रम)मा वृक्षारोपण सम्पन्न भएको छ । सो अवसरमा आँप, कागती, सुुन्तला, पारिजातलगायतका बिरुवा रोपिएका थिए ।
त्यस्तै, साउन महिनाको पहिलो दिन संस्कृतिलाई निरन्तरता दिन मेहेन्दी कार्यक्रम समेत सम्पन्न गरिएको छ । रिजन चेयर पर्सन लायन भानुुभक्त अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जोन चेयर पर्सन लायन कोपिला श्रीस, लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशकी अध्यक्ष लायन उषा थापा, प्रथम उपाध्यक्ष लायन रूद्रबहादुर श्रीस, सचिव लायन विनिता सुुवेदी, गलेश्वर सेञ्चुरीका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहेको थियो ।

Advertisment