पत्रकार मनोज घर्तीमगरलाई ‘मौलिक कौराहा पत्रकारिता पुरस्कार’

पोखरा, ३ साउन ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपालद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९” बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुने भएका छन् ।
नेपाल मगर पत्रकार संघ कास्की शाखाले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगर पुरस्कृत हुने भएका हुन् ।
पत्रकार घर्तीमगरलाई पुरस्कार छनौट समितिका संयोजक नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) मगरको संयोजकत्वमा मंगलबार बसेको बैठकले पत्रकार मनोज घर्तीमगरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव उमा आले मगरले जानकारी दिनुुभयो । प्रतिभा छनौट समितिका सदस्यहरूमा हर्क आलेमगर, तारामाया थापामगर, नरमाया आलेमगर, रूद्रबहादुर श्रीसमगर, रूद्रबहादुर थापामगर र उमा आलेमगर रहनुुभएको थियो ।
उहाँका अनुसार सो पुरस्कार अर्पण आगामी साउन १५ गते पोखराको होटल पौवामा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । सो अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिने आलेमगरले जानकारी दिइन् । पुरस्कृत हुने घर्तीमगर अधिवक्ता समेत हुनुहुुन्छ ।
यसअघि, उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला रानामगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ) र मानबहादुर घर्ती (एमबी आस्था) मगर (कास्की) पुरस्कृत भइसकेका छन् ।

Advertisment