अमेरिकामा राम ब. थापासँग मगर संघ अमेरिकाद्वारा भेटघाट तथा अन्तर्किया !

न्यूयोर्क, अप्रिल/२६/२०२३

गर संघ अमेरिका,न्यूयोर्क च्याप्टरले आदिवासी जनजाति आयोगका माननिय अध्यक्ष राम बहादुर थापा मगरलाई अमेरिकाको न्यूयोर्कमा स्वागत सम्मान गर्दै भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको

नेपालबाट अमेरिकाको न्यूयोर्कमा भएको संयूक्तराष्ट्रसंघको जनजाति महासभा सम्मेलनमा आउनुभएका थापा सोही अवसरमा मगर संघ अमेरिकाले जनजाति समुदायका विशिष्ट ब्यक्तिहरूलाई गर्दै आईरहेको स्वागत,सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो

थापाले अन्तरक्रिया कार्यक्रममा बोल्दै मगर संघ अमेरिकाले परदेशमा रहेर पनि नेपाल नेपाली आदिवासीहरूको प्रतिनिधित्व गरेको  हुदा सबै आदिवासीहरू एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो

उक्त कार्यक्रममा मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव अमृत रोका मगरले कार्यक्रममा स्वागत गर्दै मगर संघ अमेरिकाका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगर, न्यूयोर्क च्याप्टरका अध्यक्ष दिपक रोका मगर लगाएत संस्थाका पदाधिकारीहरूले मायाको चिनो तथा खादा लगाएर थापा मगरलाई सम्मान गर्नुभएको थियो

Advertisment