लाफा हेल्थ केयरकाे शुभारम्भ, एक हप्तासम्म विशेष छुट

काठमाडौं, १ जेठ


काठमाडौंकाे टाेखा नगरपालिका-१०, सामाखुशीमा लाफा हेल्थ केयर प्रालि सञ्चालनमा अाएकाे छ ।
लाफा ग्रुप लिमिटेडकाे लगानीमा साे पाेलिक्लिनिककाे साेमबार शुभारम्भ गरिएकाे हाे ।


९० वर्षीय ज्येष्ठ नागरिक शेरबहादुर पहराई मगरले दीप प्रज्ज्वलन र रिबन काटेर साे लाफा हेल्थ केयरकाे उद्घाटन गर्नुभयाे । साथै, पहराईले साे अवसरमा पहिलाे स्वास्थ्य जाँच गर्नुभएकाे थियाे ।
शुभारम्भ कार्यक्रममा लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्याेति अालेमगरले संयुक्त लगानीमा सञ्चालित लाफा कम्पनीले साझेदारीमा स्वास्थ्य क्षेत्रमा समेत लगानी प्रारम्भ गरेकाे बताउनुभयाे । अाम नागरिककाे स्वास्थ्य सेवामा समर्पित हुने उद्देश्यले लाफा हेल्थ केयरकाे शुभारम्भ गरिएकाे जनाउँदै अध्यक्ष अालेमगरले सेवाकाे गुणस्तरीयतामा विशेष ध्यान दिइने बताउनुभयाे ।


लाफा हेल्थ केयरले शुभारम्भ विशेष याेजना समेत ल्याएकाे छ । जसमा विभिन्न अफरहरू रहेका छन् । जेठ ७ गतेसम्म हाेलबडी चेक अपमा ५० प्रतिशत छुट र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हाेलबडी चेकअप पूर्ण रुपमा नि:शुल्क गरिएकाे सञ्चालक ज्ञानेन्द्र पुनमगरले जानकारी दिनुभयाे । लाफा हेल्थ केयरमा बालराेग, स्त्रीराेग, ल्याब तथा अाैषधीसम्बन्धी सम्पूर्ण सेवा, पेट तथा छाला, मधुमेह, थाइराइड तथा रक्तचापसम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिने अर्का सञ्चालक लीला लुङ्गेलीमगरले जानकारी दिनुभयाे ।

शुभारम्भका अवसरमा नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरुसरा रानामगर, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार दिलबहादुर थापामगर, गलकाेट नगरपालिका, बागलुङकी निवर्तमान उपप्रमुख रेनुका काउचामगर, नेपाल मगर पत्रकार संघकी केन्द्रीय उपाध्यक्ष दीपा अालेमगरलगायत विभिन्न समाजसेवी तथा व्यवसायीकाे समेत उपस्थिति रहेकाे थियाे ।

 

Advertisment