मगर संघ, हङकङले १४ जनवरीमा माघे सकराती मनाउने

जोर्डन, २५ डिसेम्बर
मगर संघ, हङकङले मगर समुदायको प्रमुख सांस्कृतिक चाड माघे सकराती आगामी १४ जनवरीका दिन मनाउने भएको छ ।
संघको वार्षिक कार्यक्रम अनुसार टाइ टोङ पार्कमा यसपालीको माघे सकराती पर्व मनाउन लागिएको महासचिव झलक थापामगरले जानकारी दिनुभयो । महासचिव थापामगरका अनुसार माघे सकराती विशेष कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले सहभागिता जनाउनुहुनेछ ।
माघे सकराती मेलामा परम्परागत मगर परिकारका साथमा विशेष सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । त्यसका लागि नेपालबाट राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरू सहभागी हुने मगर संघ, हङकङले जनाएको छ ।

Advertisment