नेपाली अमेरिकन कलाकार संघका नव निर्वाचित कलाकारहरूलाई सम्मान !

न्यूयोर्क, फेब्रुवरी २६, २०२४

हालै सम्पन्न नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अधिवेशन बाट सर्बसम्मत निर्बिरोध निर्बाचितकार्यसमिति  तथा सल्लाहकारहरूलाई रोयल ब्यन्जन प्यालेस एण्ड बारका समाजसेबी तथा अध्यक्ष  जीवन बम ज्युलेसम्मान गर्नुभएको

न्यूयोर्कको ज्याक्सन हाईट स्थित रोयल ब्यन्जन प्यालेस एण्ड बारको हलमा सम्पूर्ण नव निर्वाचित कार्यसमितिकलाकारहरूलाई अध्यक्ष बम ज्युले सम्मान तथा रात्रिभोजको कार्यक्रम राख्नु भएको हो

उक्त कार्यक्रममा सम्पूर्ण कलाकारहरूलाई खादासँगै सम्मानपत्र बधाई तथा शुभकामना दिदै कलाकारहरू राष्ट्रकागहना हुन, यी गहनाहरूलाई जोगाउन सबै नेपालीको साथसाथै मेरोपनी कर्तब्य हो यसरी सम्मान गर्न पाउदा अत्यन्तैखुसी लागेको बताउनु भयो

त्यसैगरी उक्त कार्यक्रममा नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्ष  नृत्यांगना तथा मोडल बसन्तीराईले यसरी कलाकारहरूलाई गरिएको सम्मानले अझ हौसला मिलेको काधमा थप जिम्मेवारी बढेकोले यसकार्यक्रमका आयोजक सम्पूर्ण स्टाफ प्रति धन्यवाद दिदै आभारी रहेको बताउनु भयो

सो कार्यक्रममा कार्यसमितका पदाधिकारी सल्लाहकार  तथा अधिबेशन सम्पन्न गर्न गठित निर्बाचन प्रमुख आयुक्त, परिबेक्षक पत्रकारहरूको उपस्थिति पनि रहेको थियो

Advertisment