फेवा टेलिभिजनको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा गुरुङ

पोखरा, २० साउन
गण्डकी प्रदेशको लोकप्रिय टेलिभिजन फेवा टेलिभिजन लिमिटेडको चौथो र पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ सञ्चालक समिति चयन गरेको छ ।
टेलिभिजनको सञ्चालक समितिको अध्यक्षमा मीनबहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । ज्येष्ठ सञ्चालक समिति सदस्य खिमबहादुर गुरुङको अध्यक्षतामा सोमबार बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा अध्यक्षमा मीनबहादुर गुरुङलाई चयन गरेको हो ।
त्यस्तै, ११ सदस्यीय टेलिभिजनको सञ्चालक समिति सदस्यहरूमा लीलाबहादुर जिसी, राजु श्रेष्ठ, खिमबहादुर गुरुङ, भोजराज खत्री, हेमराज अधिकारी, कुलप्रसाद सुवेदी, टीकाकुमारी गुरुङ, रमेश बोहोरा, दिलकुमार श्रेष्ठ (दिलीप) र प्रेमप्रसाद सुवेदी रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष गुरुङले टेलिभिजनलाई नयाँ उचाइमा पु¥याउन आफूले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । निवर्तमान अध्यक्ष तेजेन्द्र पौडेलले टेलिभिजनको नयाँ नेतृत्वले टेलिभिजनलाई अझै बढी व्यवसायिक बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो । टेलिभिजनको नवनिर्वाचित सञ्चालक समितिलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सुरेन्द्र थापामगरले सपथ ग्रहण गराउनुभएको थियो ।

Advertisment