नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ तनहुँको अध्यक्षमा भट्टराई

दमौली, २४ भदौ
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सघ गण्डकीले तनहुँमा संघलाई विस्तार गरेको छ । तनहुँमा शुक्रबार सम्पन्न भेलाले काशीनाथ भट्टराईलाई अध्यक्षमा जिम्मेवारी सुम्पिएसँगै तनहुँमा समेत संघ विस्तार भएको हो ।
भेलाले समितीको उपाध्यक्षद्वयमा शमशेरबहादुर गैरे र सुकबहादुर गुरुङलाई चयन गरेको छ भने सचिवमा ईश्वरप्रसाद पोख्रेल र कोषाध्यक्षमा भरत बिक रहनुभएको छ । यसैगरी सदस्यमा गणेश थापा, रुपक पन्त, निकेश गुरुङ, होमनाथ भट्टराई, सन्तोष बिक र उमेश पौडेल रहनुभएको छ ।
नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ गण्डकीका अध्यक्ष विष्णु पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालाई सम्वोधन गर्दै अध्यक्ष पुनले खेलकुदमा भइरहेको विकृती अन्त्यका लागि जोड दिनुभएको छ । उहाँले नेपालको मार्शल आर्टस खेलमा छुट्टै पहिचान बोकेको नेपाल केन्पो खुकुरी मार्सल आर्टसले खेलकुदका विकृती विरुद्ध आवाज वुलन्द गर्ने बताउँदै भन्नुभयो–“हामी खेलको विकास संगै खेलकुदको विकासमा तगारो बनेको विकृती विरुद्ध समेत एक ढिक्का भएर अघि बढ्नेछौं ।”
नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघ गण्डकीका उपाध्यक्ष एवम तनहुँका इञ्चार्ज हरिराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद तनहुँकी अध्यक्ष रिता घलान, नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ कास्कीका उपाध्यक्ष मोहन भट्टराई लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

Advertisment