केशर मेडिस्पाको चौथो वार्षिकोत्सव मनाइयो

पोखरा, २२ असोज
पोखरा–५, प्रस्याङमा रहेको केशर मेडिस्पा प्रालिले चौथो वार्षिकोत्सव मनाएको छ । तीन वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको अवसरमा केशर मेडिस्पाले बिहीबार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा केशर मेडिस्पाका प्रबन्ध निर्देशक डा. सुरेन्द्र सापकोटाले चौथो वार्षिकोत्सव लेखिएको केक काटेर उद्घाटन गर्नुभएको थियो । डा. सापकोटाका अनुसार मेडिस्पाले कपाल झर्ने समस्या, दन्त तथा छालासम्बन्धीलगायतका विभिन्न उपचारमा सेवा दिँदै आएको छ । मेडिस्पाको सेवाबाट बिरामी तथा सेवाग्राही सन्तुष्ट भएको पाएको उहाँले बताउनुभयो । कपाल उमार्ने, छालाका विभिन्न दाग हटाउने, दन्त उपचारलगायतका सेवाका लागि बिरामी तथा सेवाग्राही सामाजिक सञ्जाललगायतका विभिन्न माध्यमबाट केशर मेडिस्पासम्म आउने गरेको डा. सापकोटाको भनाइ छ ।
तीन वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको केशर मेडिस्पाले विभिन्न अवसर पारेर विशेष छुटको व्यवस्था समेत गर्दै आएको मेडिस्पाका निर्देशक राजेन्द्र सापकोटा बताउनुहुन्छ । बिरामी तथा सेवाग्राहीको सन्तुष्टि र सफल उपचारमा विशेष ध्यान दिने केशर मेडिस्पाले पोखरामा आफूलाई फरक रुपमा स्थापित गर्न सफल भएको छ ।

Advertisment