बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीस

पोखरा, २४ पुस
पोखराका बुटिक व्यवसायीहरूको छाता संगठन बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीसमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । ग्लोरी फेशन होमकी सञ्चालिका श्रीस यसअघि, उपाध्यक्ष हुनुहुन्थ्यो ।
शनिबार सम्पन्न एशोसिएसनको दोस्रो अधिवेशन तथा पाँचौं वार्षिक साधारणसभाबाट उपाध्यक्षमा पिपनदेवी गुरुङ, सचिवमा श्वेता भट्टराई लम्साल, सह–सचिवमा लता बराल र कोषाध्यक्षमा इन्दिरा लामिछाने सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा अमित बराल, एलिसा क्षेत्री, कल्पना गुरुङ, विना पाइजा, कुसुम केसी र सपना गुरुङ निर्वाचित हुनुभएको छ ।


यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति, गण्डकी प्रदेशकी अध्यक्ष एवं गुरुङ ब्यूटि पार्लर एकेडेमीकी प्रबन्ध निर्देशक चिनु गुरुङले महिला उद्यमीहरू संगठित भएर नेतृत्व विकासमा लाग्नुपर्ने बताउनुभयो । थ्री सिस्टर्सकी अध्यक्ष लक्की कार्कीले महिलाहरू उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने बताउँदै व्यवसायिक र उद्यमी बन्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा एशोसिएसनका सदस्य अमित बरालले पनि बोल्नुभएको थियो ।
बुटिक एशोसिएसन नेपाल, पोखराकी निवर्तमान अध्यक्ष सुष्मा थापा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव श्वेता भट्टराई लम्साल र उपाध्यक्ष शान्ति श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैबीच, एशोसिएसनको सल्लाहकारमा चिनु गुरुङ, सबि शेरचन र रेणु सुब्बा तथा कानूनी सल्लाहकारमा अधिवक्ता गिरीधारी सुवेदी चयन हुनुभएको छ ।

Advertisment