अमेरिका मगर संघले रक्तदान कार्यक्रम आयोजना गर्ने

वीर घर्ती मगर, न्यूयोर्क , अप्रिल ११/२०२२

रक्तदान 🩸 🩸 🩸 जिवनदानको नारा सहित मगर संघ अमेरिकाको १९ स्थापना दिवसको अवसरमा मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा यस पटक पनि रक्तदान कार्यक्रम हुने भएको  ।

(NEW YORK BLOOD CENTER ) संग समन्वय गरि मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले अप्रिल १७ (आईतवार)२०२२ का दिनस्थान ७५१५ उडसाईड एभिन्यु ११३७३ सत्यनारायण मन्दिर सँगैको भवनमा समय विहान १० बजे देखि बजे सम्म रक्तदान कार्यक्रम आयोजना गर्न लागेको प्राईमरी ब्लड र्कोडिनेटर तथा मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव अमृत रोका मगरले बताउनुभयो      

यस कार्यक्रमको दिनमा सम्पूर्ण रक्तदाताहरूलाई प्रमाण पत्र, फलफुल जुस वितरण गरिने हुदा सम्पूर्ण समाजका महानुभावहरूको निस्वार्थ भावनाले सहयोग र सद्भावलेनै कार्यक्रम सफल हुने हुदा निमन्त्रणा दिदै मगर संघ अमेरिकाका केन्द्रीय समिति अध्यक्ष  कुलदिपराना मगरले उक्त समयमा सबैलाई उपस्थित हुन आग्रह गर्नुभयो । 

नोटअप्वाईमेन्ट लिनको लागि तलको लिङ्कमा जानुहोला । Note : For appointment pls click here https://donate.nybc.org/donor/schedules/drive_schedule/302952?utm_source=chair&utm_medium=email&utm_campaign=mobileadhocNYBC

Advertisment