पोखरा २६ का अटेरी उम्मेद्वारको कार्ययोजना सार्वजनिक

पोखरा । पोखरा २६ का अटेरी उम्मेद्वारले कार्ययोजना (घोषणापत्र) सार्वजनिक गरेका छन् । स्थानीय तह दलीय नबनाऔं भन्ने उद्घोष सहित पोखराबाट सुरु भएको यो अभियानमा अहिले देशैभर अभियानकर्ताहरु जोडिएका छन् ।
यसअघि पोखरा महानगरबाट अटेरी उम्मेद्वारी घोषणा गरेर अभियानको सुरुआत गरेका गनेस पौडेलले पोखरा लक्ष्य २०७९ नाम दिएर घोषणापत्र सार्वजनिक गरि सकेका छन् । वडा नम्बर ३ पछि वडा नम्बर २६ का अटेरी उम्मेद्वारले कार्ययोजना पत्र सार्वजनिक गरेका हुन् ।

कार्ययोजना पत्र सार्वजनिकीकरण कार्यक्रमपछि वडाको विकासका लागि दिलोज्यान दिएर लाग्ने वडाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका नविन ढुंगानाले बताए । उनले कार्ययोजना पत्रमा सार्वजनिक भए अनुसार योजना पूरा गर्न बफादार भएर लाग्ने बताए । अभियानका परिकल्पनाकार तथा पोखरा महानगरका प्रमुख पदमा उम्मेद्वारी दिएका गनेस पौडेलले अहिलेका राजनीतिक दलले व्यवस्था मात्रै फेरेको अवस्था फेर्न नसकेको बताए । राजनीतिक दलले देखिने गरि मात्रै केही विकास भए पनि महसुस गर्ने गरि विकास गर्न नसकेको बताए ।

हाल कुनै पनि दलमा संलग्न नभए सबै खाले अवसरबाट बञ्चित हुनुपर्ने बाध्यता रहेको बताए ।कार्यक्रममा अभियानकी महिला परिचालन संयोजक युनिका ढकालले स्वागत मन्तव्य राखेकी थिइन् भने निर्वाचन अभियान संयोजक हरि कार्कीले कार्यक्रमको सञ्चालन गरेका थिए ।कार्यक्रममा सहभागीसँग अभियान्ताहरुले प्रश्नोत्तर समेत गरेका थिए ।

Advertisment