मगर संस्कृति बुुझ्न मिछुर्लुुङमा ‘मिस मगर’

मिछुर्लुुङ (तनहुँ), २९ असार
“जातीय भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन हाम्रो अभियान” भन्ने मूल नाराका साथ एसटी क्रियशनको आयोजनामा हुन लागेको मिस मगर नेपाल–२०२२ का प्रतियोगीहरू मगर भाषा र संस्कृतिबारे प्रत्यक्ष बुुझ्न तनहुुँको पर्यटकीय मगर गाउँ, भिमाद नगरपालिका–५ स्थित मिछुुर्लुुङ होमस्टेमा पुुगेका छन् । त्यहाँ उनीहरूले स्थानीयसँग आफ्नो भाषा र संस्कृतिबारे प्रत्यक्ष आफ्नो जिज्ञासा मेटाएनन् मात्र । उनीहरूले मिस मगर नेपालको नयाँ प्रोमो छायाङ्कनमा समेत सहभागिता जनाए ।
यही असार १७ गते शुक्रबार उनीहरू मिछुुर्लुङ पुुगेका हुन् । मिस मगर नेपालका एक प्रतियोगी इलामकी भावना खपाङ्गीले भनिन्, “पूर्वको मगर भएर पनि पश्चिमको मगर संस्कृति र भाषाबारे बुुझ्न पाउँदा औधी खुशी छु ।” मिस मगर नेपाल–२०२२ आफ्ना लागि निकै उपयोगी बनिरहेको अर्की प्रतियोगी कैलालीकी महिमा रानाले बताइन् । स्याङ्जाकी गोमा थापालाई पनि यसपालीको मिस मगर प्रतियोगिता निकै गज्जब लागेको छ । उनी भन्छिन्, “मिस मगरमा सहभागी बन्न पाउँदा खुुशी छुु, धेरै कुरा सिक्न पाएकी छुु ।” पूर्वदेखि पश्चिमसम्मको सहभागीसँग चिनजानसँगै संगत गर्न पाउँदा निकै खुशी लागेको बताउँछिन्, म्याग्दीकी सलिना घर्ती । मिस मगर नेपाल–२०१९ की बिजेता सनम गर्बुुजा यसपालीका प्रतियोगीहरू पनि निकै उत्सुक र मेहनती पाएको बताउँछिन् ।
झण्डै एक महिनादेखि मिस मगर नेपालका प्रतियोगीहरूले विभिन्न कक्षा लिएका छन् । कक्षामा मगर जातिको भाषा, संस्कृतिदेखि आधुनिक फेशन, ¥याम्प, नेतृत्व विकास, सकारात्मक सोंचबारे समेत प्रशिक्षण दिइएको एसटी क्रियशनका प्रबन्ध निर्देशक एवं कोरियोग्राफर सुरज थापामगरले जानकारी दिनुुभयो । सन् २०११ मा मिस मगर पोखराबाट सुुरु भएको यस सौन्दर्य प्रतियोगिता सन् २०१४ देखि मिस मगर नेपालमा रुपान्तरित भएको हो । विविध कारणले बीचमा प्रतियोगिता गर्न नपाएपनि सन् २०१९ मा पुनः मिस मगर नेपाल भएको थियो । तर, कोरोना महामारीका कारण दुुई वर्ष हुन नपाएको थापामगरले बताउनुुभयो ।
मिस मगर नेपाल फरक खालको सौन्दर्य प्रतियोगिता भएको बताउँदै मिस मगर नेपालका निर्देशक शिव थापामगरले मगर जातिको भाषा, संस्कृति र भेषभूूषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्तो खालको सौन्दर्य प्रतियोगिता गज्जब माध्यम बनेको बताउनुुभयो । मिस मगर नेपाल सौन्दर्य प्रतियोगिताका नकारात्मक पक्षलाई सुधार गर्दै कला, संस्कृति र प्रतिभाको प्रस्फुुटन गर्ने माध्यम बनेको थापामगरको भनाइ छ ।
मिस मगर नेपाल–२०२२ को उपाधि जित्नका लागि १२ जना प्रतियोगी प्रतिस्पर्धामा छन् । यही असार ३० गते बिहीबार सेल्फ ट्यालेण्ट शो हुँदैछ भने आगामी साउन ६ गते ग्राण्ड फिनाले हुने जनाइएको छ । यसअघि, मिस मगरको आयोजना नेपाल मगर संघ, कास्कीले गर्दै आएको थियो ।

Advertisment