मिस मगर प्रतियोगीको ‘सरप्राइज’ गुरु पूर्णिमा

पोखरा, २९ असार
मिस मगर नेपाल–२०२२ का प्रतियोगीले आफ्ना प्रशिक्षकहरूलाई सरप्राइज दिएर गुरु पूर्णिमा मनाएका छन् । गुरु पूर्णिमाको दिन खासमा मिस मगरका प्रतियोगीलाई बिदा दिइएको थियो ।
मिस मगरका प्रतियोगी आउँदैनन् भन्नेमा बुधबार ढुक्क हुनुहुन्थ्यो, एसटी क्रियशनका प्रबन्ध निर्देशक सुरज थापामगर । तर, त्यसो भएन । उनीहरू आए अनि थापामगरलगायतका प्रशिक्षकलाई सरप्राइज दिए, अनि केक काटे । प्रशिक्षकलाई सम्मान गरे र मनाए, गुरु पूर्णिमा । “बुुधबार हामीले मिस मगरका प्रतियोगीलाई छुट्टी दिएका थियौं”, थापामगरले भन्नुुभयो, “तर, बहिनीहरूले दिएको सरप्राइजले गुरु पूर्णिमा विशेष बन्यो ।” बिहीबार हुने सेल्फ ट्यालेण्ट राउण्डको तयारीका लागि भन्दै आफूहरूले प्रतियोगीलाई बिदा दिएको उहाँको भनाइ छ ।
प्रशिक्षक गुरु, गुरुमालाई सरप्राइज दिन पाउँदा निकै रमाइलो लागेको बताउँछिन्, म्याग्दीकी प्रतियोगी मीना गर्बुजामगर । “हामी प्रतियोगी सबैले सल्लाह ग¥यौं, गुरु पूर्णिमाको दिन विशेष बनाउनुपर्छ”, मीनाले भनिन्, “त्यही अनुसार केक काट्ने र सर, म्यामहरूलाई सम्मान गर्ने योजना बुन्यौं ।” यसपालीको गुरु पूर्णिमा विशेष र रमाइलो भएको अर्की झापाकी प्रतियोगी साराङ सोरालीमगरले बताइन् ।


कार्यक्रममा उनीहरूले प्रबन्ध निर्देशक एवं प्रमुख कोरियोग्राफर सुरज थापामगरसहित मिस मगर नेपालका प्रमुख सल्लाहकार एमबी आस्था मगर, प्रशिक्षण निर्देशक रूद्रबहादुर श्रीसमगर, कोरियोग्राफरहरू सुस्मिता पुनमगर र सनम गर्बुुजामगर, सहायक कोरियोग्राफर उषा अर्मजामगर, एसटी क्रियशनका कार्यक्रम व्यवस्थापक राहुल रञ्जन सापकोटालगायतलाई सम्मान गरेका थिए ।
मिस मगर नेपाल–२०२२ मा १२ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छानिएर प्रशिक्षण लिइरहेका छन् भने बिहीबार पोखरा ग्राण्ड होटलमा सेल्फ ट्यालेण्ट राउण्ड हुँदैछ । त्यस्तै, मिस मगर नेपाल–२०२२ को ग्राण्ड फिनाले आगामी साउन ६ गते पोखरा ग्राण्ड होटलमै हुने आयोजक एसटी क्रियशनका प्रबन्ध निर्देशक थापामगरले बताउनुुभयो ।

Advertisment