मिस मगर नेपालको “सेल्फ ट्यालेन्ट राउण्ड”मा प्रतियोगीका विविध प्रस्तुती

पोखरा, ३० असार
मिस मगर नेपाल–२०२२ का प्रतियोगीहरूले “सेल्फ ट्यालेण्ट राउण्ड”मा आ–आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् ।
यही साउन ६ गते पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा हुने ग्राण्ड फिनालेका लागि छानिएका १२ प्रतियोगीले आफ्ना प्रस्तुती राखेका हुन् । सो अवसरमा उनीहरूले नृत्यदेखि अभिनय, वक्तृत्वकला र कविता प्रस्तुत गरे ।
“जातीय भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ सुरु भएको मिस मगर नेपालको पाँचौं संस्करणमा सुदूूरपश्चिम प्रदेशको कैलालीदेखि पूर्वमा किरात प्रदेशको झापा, इलामदेखि सहभागी भएका छन् । प्रतियोगीहरूको क्षमता र प्रतिभालाई उजागर गर्ने तथा युवा पुस्तामा मगर जातिको भाषा, संस्कृति र भेषभूूषाप्रति मोह जगाउने उद्देश्यले आयोजित यस प्रतियोगिताको सेल्फ ट्यालेण्ट राउण्डमा प्रस्तुत प्रतिभाको मूल्याङ्कन अनुसार ग्राण्ड फिनालेमा नम्बर जोडिने आयोजक एसटी क्रियशन म्यानेजमेण्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापामगरले जानकारी दिनुुभयो । सेल्फ ट्यालेण्ट राउण्डको निर्णायकका रुपमा तीन जना सर्जक रेशम “रचक” थापा, नृत्य निर्देशक राहुल थापा र अभिनेत्री डिम्पल मगर रहनुुभएको थियो ।
यसअघि, सो कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुुमार गुरुङले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई सिर्जनात्मक कार्यमा उत्प्रेरित गराउने बताउनुुभयो । भाषा र संस्कृतिका हिसाबले मगर जाति धनी भएको भन्दै उहाँले लोपोन्मुख भाषा र संस्कृतिको उत्थानमा युवा पुस्ताले विशेष चासो दिनुुपर्ने धारणा राख्नुुभयो । मिस मगर नेपाललाई सौन्दर्य प्रतियोगिताको रुपमा मात्रै बुझ्नुु गलत हुुने भन्दै राखेप सदस्य गुरुङले यस कार्यक्रमलाई सफल बनाउन आफूले सक्दो सहयोग गर्ने वचन दिनुुभयो ।
मिस मगर नेपालका प्रमुख सल्लाहकार एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार शिव थापामगरले मिस मगर नेपालको सुरुवाती इतिहास र उद्देश्यबारे प्रकाश पार्नुुभएको थियो भने पत्रकार जुना थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Advertisment