छोरेपाटनमा लखन सहकारीको दोस्रो सेवा केन्द्र स्थापना

पोखरा, १ साउन
पोखरा–१०, रामघाटमा प्रधान कार्यालय रही कारोबार गरिरहेको लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूको सुविधाका लागि पोखरा–१७, छोरेपाटन, बेलघारीमा दोस्रो सेवा केन्द्र स्थापना गरेको छ ।
सो सहकारीले यसअघि, पोखरा–२७, तालचोकमा पहिलो सेवा केन्द्र स्थापना गरेको थियो । सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीका अध्यक्ष पूर्णबहादुर रानामगरले सहकारीका सात सिद्धान्त अनुरुप लखन सहकारीलाई सञ्चालन गरिएको बताउनुुभयो ।
उहाँले वित्तीय कारोबारलाई चुुस्त र दुरुस्त राख्न सहकारीले विशेष ध्यान दिएको जनाउँदै सेवा केन्द्र विस्तारले शेयर सदस्य र सहकारीबीच गहिरो सम्बन्ध स्थापित हुने बताउनुुभयो । शेयर सदस्यहरूबीच एक आपसमा सहकार्य र व्यवसायिक तथा उद्यमशीलता विकासमा सहकारीले विशेष जोड दिएको बताउँदै अध्यक्ष रानामगरले बचत गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुुभयो । शेयर सदस्यलाई उद्यमी बनाउन लगानी गर्ने जनाउँदै उहाँले राम्रो व्यवसायिक प्रस्ताव लिएर आए लगानीका लागि कुनै समस्या नहुने बताउनुुभयो ।


सहकारीकी उपाध्यक्ष बुद्धिमाया थापामगरले बचत तथा ऋण कारोबारलाई चुुस्त बनाउँदै सहकारी अघि बढेको बताउँदै सहकारी स्थापना भएको एक दशक नाघिसक्दा शेयर सदस्यको मन जित्न सफल भएको उल्लेख गर्नुुभयो । त्यस्तै, सहकारीका सह–सचिव गोविन्द सिंजालीमगरले सहकारीले शेयर सदस्यको नेतृत्व विकास र सहकारी शिक्षाका लागि समेत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताउनुुभयो । नेपाल मगर संघ, छोरेपाटन एकाइ समितिका अध्यक्ष लोकबहादुर थापामगरले नेपालका प्रथम शहीद लखन थापामगरको नाममा स्थापित यस सहकारीमा आबद्ध हुने क्रम बढेको बताउँदै नयाँ शेयर सदस्यका लागि सहकारी शिक्षा आवश्यक भएको बताउनुुभयो ।


सेवा केन्द्र उद्घाटन कार्यक्रममा सहकारीका सचिव डिलबहादुर श्रीसमगर, कोषाध्यक्ष झपटबहादुर रानामगर, सञ्चालक समिति सदस्य जुनु पुनमगर, चिजमाया थापामगर, शिक्षा उपसमिति संयोजक रूद्रबहादुर श्रीसमगर, सदस्य टोपबहादुर थापामगर, ऋण उपसमिति सदस्य भूपाल थापामगरलगायतको समेत उपस्थिति रहेको थियो ।

Advertisment