म्याग्दीकी मिलन थापामगरलाई ‘मिस मगर नेपाल–२०२२’ को ताज

पोखरा, ६ साउन
एसटी क्रिएशन नेपालले आयोजना गरेको पाँचौं संस्करणको मिस मगर नेपाल–२०२२ को ताज म्याग्दीकी मिलन थापामगरले जितेकी छिन् । अन्तिम चरणमा रहेका ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सन् २०२२ को मिस मगर नेपालको ताज थापामगरले जितेकी हुन् । ताजसँगै उनले, नगद ७० हजार रुपैयाँ, हङकङ भ्रमण गर्ने अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । त्यसैगरी, उनले बेस्ट वाक र मोस्ट ट्यालेन्टटेड अवार्ड समेत हात पारिन् ।
यसैगरी, फष्ट रनर अपका रुपमा पूर्वको इलामकी भावना खपांगीमगरले ताज पहिरिँदै नगद रु ३० हजार प्राप्त गरिन् । सेकेन्ड रनर अपका रुपमा पाल्पाकी टुगा रानामगर घोषित हुँदै ताजसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । यसैगरी, थर्ड रनरअप बन्न सफल बनेकी मीना गर्बुजा मगरले तजा र अवार्डसहित १० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । भने भ्यूअर्स च्वाइसको उपाधि रोश्ना बुढाथोकी मगरले जितिन् ।


कसले कुन टाइटल जिते ?
प्रतियोगितामा वेष्ट फिगर शोभा पुनमगर, मोस्ट कन्फिडेन्ट मीना गर्वुजामगर, मस्ट डिसप्लेन सलिना घर्तीमगर, मोस्ट पपुलर साराङ्ग सोरालीमगर, मस्ट फ्रेण्डसिप सृष्टी फगामीमगर, वेस्ट स्माइल अवार्ड सोनु सोमारे मगर, मस्ट सर्पोटिभ अवार्ड गोमा थापामगर, वेस्ट स्कीन रोश्ना बुढाथोकी मगर, वेस्ट फोटोजेनिक भावना खपांगीमगर, वेस्ट पर्सनालिटी सलिना घर्तीमगर, मोस्ट इन्टेलिजेन्ट टुगा रानामगर बन्न सफल भएका थिए ।
मुख्य निर्णायकमा चलचित्रकर्मी मेजन पुनमगर, पत्रकार तथा अधिवक्ता मनोज घर्तीमगर, संस्कृतिकर्मी रेशम थापामगर ‘रचक’, मिस मगर तनहुँ–२०११ की रनर अप पवित्रा थापामगर र संस्कृतिकर्मी शिव थापामगर रहेका थिए । विजेताहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र मिस मगर नेपाल २०१९ को विजेताहरुले पुरस्कार प्रदान गरेका थिए ।


कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”, जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापामगर, मालिका गाउँपालिका, म्याग्दीका अध्यक्ष बेगप्रसाद गर्बुजामगर, जिल्ला प्रशासन कार्यालय, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामगर, नेपाल मगर संघका केन्द्रीय सह–कोषाध्यक्ष पूर्णबहादुर रानामगर, गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापामगर, नेपाल मगर महिला संघकी केन्द्रीय उपाध्यक्ष फूलकुमारी थापामगर, मगर चलचित्रकर्मी संघ नेपालका महासचिव सुमन थापामगर, गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तारामाया थापामगर, नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं कास्की जिल्ला सह–इञ्चार्ज बालकृष्ण काउछामगर, नेपाल मगर संघ, कास्कीका सह–सचिव लालबहादुर रानामगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । मिस मगर नेपालका प्रमुख सल्लाहकार एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय सुरज थापामगर र जुना थापामगरले गर्नुभएको थियो भने तालिम निर्देशक रूद्रबहादुर श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसअघि, सन् २०१९ मा सम्पन्न चौथो संस्करणको मिस मगर नेपालको ताज सनम गर्बुजा मगरले जितेकी थिइन् । त्यस्तै, पहिलो संस्करणको मिस मगर पोखरा–२०११ को ताज अन्नु थापामगर, दोस्रो संस्करणको मिस मगर पोखरा–२०१२ को ताज रञ्जना थापामगर, तेस्रो संस्करणको मिस मगर नेपाल–२०१४ को ताज उषा पाइजा मगरले जितेकी थिइन् । त्यसैगरी, मिस मगर तनहुँ–२०११ को ताज सारा थापामगरले जितेकी थिइन् भने मिस मगर लुम्बिनी–२०११ समेत आयोजना भएको थियो ।

Advertisment