मगर संघ अमेरिकाको आठौं बार्षिक साधारण सभाको तयारी पुरा

न्यूयोर्क, अगस्ट/०३/२०२२

मगर संघ अमेरिका केन्द्रीय समितिको ऐतिहासिक आठौं बार्षिक साधारण सभा यहि शनिवार अगस्ट २०२२ को दिन  टेक्सास राज्यको डलास शहरमा हुने भएको अमेरिकाको मुलप्रबाहमा मगरहरुको उपस्थिति सहभागिताउदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार संस्कृति हस्तान्तरण आजको आवश्यकताभन्ने मुल नाराका साथ मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभा हुनेभएको हो मगरहरुको बाहुल्य रहेको अमेरिकाको विभिन्न १२ राज्यका मगरहरुको जमघट टेक्सास राज्यमा हुने सभाको सम्पुर्ण तयारी पूरा भएको मगर संघ अमेरिका केन्द्रिय समितिका अध्यक्ष कुलदिप राना मगरले लाफा खबरलाई जानकारी गराउनु भयो । 

उक्त कर्यक्रम मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजनामा मगर संघ अमेरिका टेक्सास च्याप्टरको संयोजनमा सभा हुन लागेको हो । प्राय न्युयोर्क , न्युजर्शी मेरिल्याण्ड आसपासमा मगर संघ अमेरिकाले अधिबेशन साधारणसभा गर्दै आएको भएता पनि इतिहासमा पहिलो पटक टेक्सास राज्यमा पाइला टेकेर अमेरिका भरीमगर संघ अमेरिकाफैलिएको अमेरिका भरी छारिएर रहेका मगरहरुको एकताको सन्देश दिन खोजिएको अध्यक्ष राना मगरले बताउनु भयो    

मगर मेरो मगर संघ भनी संस्था प्रती सदैव उत्तरदायी रहेर काम गरिरहेका विभिन्न बिधामा पोख्त मगर बुद्धिजीवीहरुलाई  टेक्सासकोसुन्दर शहर डलासमा स्वागत गर्न पाउनु भनेको टेक्सास च्याप्टरको लागि गर्बको कुरा भएको मगर संघ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष भुवन सिंह आले मगरले बताउनु भयो । नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मन बहादुर राना मगरको प्रमुख आतिथ्य City of Euless टेक्सासराज्यका काउन्सिल मेम्बर टीका पौडेलको विशेष अतिथिमा कार्यक्रमको समुदघाटन हुन लागेको आले मगरले बताउनु भयो

समुदघाटन समारोह,बन्द सत्र सांस्कृतिक कार्यक्रम गरी तीन चरणको कार्यक्रमको रुपरेखा मगर संघ अमेरिका केन्द्रीय समितिका महासचिव दिप सागर बुढा मगरले सार्बजनिक गर्दै भन्नुभयो – “बिगत एक दशक देखि मगर समुदाय माझ चर्चाको बिषय बनेको MAGAR EMERGENCY FUND लाई मुर्तरुप दिएर साधारण सभामा लन्च गर्न लागेको यस किसिमको फण्डबाट आपत बिपत्तिको बेला मगर समुदायहरूलाई राहत तथा सहयोग पुग्नेछ

यसैगरी मगर विद्यार्थीहरुलाई हौसला प्रोत्साहन गर्न तथा संस्था प्रति बिद्यार्थीको आकर्षण बढाउने हेतुले पहिलो पटक तीन तहका उत्कृष्ट मगर बिद्यार्थीहरुलाई ‘मगर विद्यार्थी छात्रवृत्ती’ प्रदान गर्न लागिएको प्रत्येक बर्ष निरन्तरता रहने भएको भने पुरस्कार राशि एक एक हजार अमेरिकन डलर वितरण गर्न लागिएको हो

Advertisment