फोनिज गण्डकीले जित्यो मैत्रीपूर्ण फुटसलको उपाधि

पोखरा, २५ साउन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजनामा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजक फोनिज, गण्डकी प्रदेशले जितेको छ ।
फोनिजको २३ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीको आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपूर्ण फुटसलमा दुवै खेलमा फोनिज गण्डकी विजयी भएको हो । पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टिमलाई टाइब्रेकरमा ५–४ गोल अन्तर पराजित गरेको हो । महिला तर्फ फोनिज गण्डकीको टिमले कास्कीका महिला पत्रकारको टिमलाई टाइब्रेकरमै ४–३ गोल अन्तर हराएको हो ।
पुरुषतर्फ निर्धारित समयमा ४–४ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फोनिजको तर्फबाट प्रवीण मगरले २ गोल गरे भने सुशान्त गाहा र सुरज थापाले एक÷एक गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि अनुप पौडेलले २ तथा मन क्षेत्री र विजय नेपालीले १÷१ गोल गरे ।
महिलातर्फ निर्धारित समयमा फोनिज गण्डकीबाट जुना थापाले पेनाल्टी मार्फत गोल गर्दा महिला पत्रकारको तर्फबाट दीपा पौडेलले बराबरी गोल फर्काइन् । दुवै टिमले निर्धारित समयमा बराबरी गोल गरेपछि खेलमा बिजेताको टुंगो टाइब्रेकरबाट लागेको खेल संयोजक सुशान्त गाहा मगरले जानकारी दिए ।
बिजेता फोनिज गण्डकीको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद स्वास्थ्यको लागि लाभदायक भएको वताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने बताउनुभयो । पत्रकारहरु लेख्ने मात्र होइन स्वस्थ्य हुनुपनि जरुरी रहेको मिडिया कप बेला बेलमा हुनुपर्नेमा उनको जोड थियो । “खेलकुदले पत्रकारको निर्णय गर्ने क्षमताको विकास हुन्छ, यसले पत्रकारहरुलाई सिर्जनशिल पनि बनाउँछ”, उहाँले भन्नुभयो, “त्यसैले पनि आगामी दिनमा अन्य खेल गर्दै जानुस तपाईहरुसँग प्रदेश खेलकुद परिषद साथमै छ ।” ३९ वर्षपछि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा पत्रकारले कलम र आवाजमार्फत साथ दिन उहाँको आग्रह थियो । पत्रकारले गरेको खबरदारी र राम्रा कार्यको प्रचार प्रसारले प्रदेशमा हुने खेलमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको धारणा थियो ।
कार्यक्रममा फोनिजका संघीय सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी र फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगर लगायतले मैत्रीपूर्ण खेलले स्वस्थ रहँदै पत्रकारिता गर्ने समयमा प्राविधिक शब्दहरूमा ज्ञान स्मरण हुने बताएका थिए ।

Advertisment