नवनिर्वाचित तमु कलाकारलाई लामा अमृत फाउण्डेशनको बधाई

पोखरा, ६ भदौ
तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित समितिलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले सम्मान गरेको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सुरेन्द्र गुरुङको अध्यक्षतामा नवनिर्वाचित समितिलाई फाउण्डेशनले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले तमु कलाकार समूहले गुरुङ जातिको लोप उन्मुख संस्कृति जर्गेना गर्न ध्यान दिन आग्रह गर्नुभयो । “समिति समितिमा सिमित भएर हुँदैन गुरुङ जातिको संस्कृति जर्गेनामा विशेष ध्यान दिनुपर्दछ । युवाले संस्कृति संरक्षणमा ध्यान दिन आवश्यक छ ।” उहाँले भन्नुभयो । यसैगरी, नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले सम्मान ग्रहण गर्दै पहिलो कार्यकालमा संस्थामा नकारात्मक टिप्पणी भए पनि अहिले यसमा गुरुङ जातिको संस्कृति संरक्षण संघले महत्वपूर्ण योगदान गरेको भन्दै नकारात्मक टिप्पणीलाई चिर्न सफल रहेको बताउनुभयो ।
‘जातीय कलाकार संघ गठन गरेर जातीय संगठन बनाएको भन्दै नकारात्मक टिप्पणी गरे, अध्यक्ष गुरुङले भने, ‘नितान्त सस्कृति संरक्षण र गुरुङ कलाकारहरुको कला प्रस्तुतीमा हामीले काम गरेकाले नकारात्मक टिप्पणी चिर्न सफल छौँ ।’ उहाँले युवा विदेशी पलायन हुुने अवस्थालाई कलाकारिताले यसलाई परिवर्तनको स्वरुप दिएको बताउदै त्लुुकेर रहेका प्रतिभालाई प्रस्फुुटन गर्न संघले महत्वपुुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
यसैगरी, लामा अमृत फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले कलाकारहरुले संस्कृति संरक्षणसँगै समाजसेवामा पनि कलाकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “संस्कृति संरक्षणमा कलाकारको भुमिका छ नै संस्कृति संरक्षणसँगै समाजसेवामा पनि कलाकारको भुमिकाको कदर कर्दै सम्मान कार्यक्रम गरेका हौँ ।” फाउण्डेशनका अध्यक्ष गुुरुङले भन्नुभयो । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । पोखरा–९, नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ (तनहुँ), उपाध्यक्षमा विक्रम गुरुङ (स्याङ्जा), महिला उपाध्यक्षमा इन्द्रा गुरुङ (पर्वत), महासचिवमा टसबहादुर गुरुङ (लमजुङ), नेत्र गुरुङ (स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ (बागलुङ), सहसचिवमा डबिन गुरुङ (पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ (कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ (स्याङ्जा) चयन हुनुभएको थियो ।
यसैगरी, विदेश विभाग प्रमुखमा गौरी गुरुङ (कास्की), साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ (लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ (स्याङ्जा), महिला विभाग प्रमुखमा रबिना गुरुङ (स्याङ्जा) र सचिवालय सदस्यहरुमा पूजा गुरुङ (लमजुङ), रामप्रसाद गुरुङ (स्याङ्जा), मीना गुरुङ (गोरखा) चयन हुनुभएको छ । सदस्यहरुमा रनु गुरुङ (गोरखा), संगीता गुरुङ (लमजुङ), ममता गुरुङ (स्याङ्जा), सीता गुरुङ (तनहुँ), धनप्रसाद गुरुङ (तनहुँ), युमिन्द्र गुरुङ युबिन (स्याङजा), काजी गुरुङ (स्याङजा), सुनिमा गुरुङ (गोरखा) र रोशन गुरुङ (स्याङ्जा) चयन हुनुभएको थियो । सो कार्यसमितिलगायत पोखरा–२० का वडा सदस्य उत्तम गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्र श्रीसमगर, समाजसेवी विनोद गुरुङ, नेपाली कांग्रेस, अन्नपूर्ण गाउँपालिका–११ का सभापति विशाल गुरुङ, समाजसेवी तथा युवा व्यवसायी विष्णु गुरुङ लगायतलाई खादाद्वारा सम्मान गरिएको थियो ।

Advertisment