अब दैनिक १३५० रुपैयाँमै सुजुकीको नयाँ कार चढ्न पाइने

पोखरा, १६ भदौ

गण्डकी प्रदेशबासीले अब दैनिक १ हजार ३५० रुपैयाँ लगानी गर्दा सुजुकीको नयाँ सेलेरियो कार चढ्न पाउने भएका छन् । मारुती सुजुकीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रर्दश प्रालिले दैनिक सो मूल्य लगानी गर्दा सेलेरियो कार चढ्न पाउने अफर ल्याएको हो । बतास ब्रदर्शका बिक्री प्रबन्धक नवराज अधिकारीले दैनिक सानो रकम जम्मा गरेर पनि कार चढ्ने अवसर प्रदान गर्नका लागि सो अफर ल्याइएको बताउनुभयो । यससँगै कम्पनीले ७० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरेको छ । सेलोरियो गाडीको मूल्य २८ लाख रुपैयाँ रहेको छ । कम्पनीले ७० प्रतिशत फाइनान्स सुविधा उपलब्ध गराएकाले आगामी पाँच वर्षसम्म दैनिक १ हजार ३ सय ५० रुपैयाँका दरले किस्ता भुक्तानी गर्नुपर्ने बताइएको छ । बिक्री प्रबन्धक अधिकारीले भन्नुभयो, “सुजुकी सेलोरियो कार अहिले अधिकाँसको रोजाइमा परेको छ । एकैपटक सम्पूर्ण रकम लगानी गर्न नसक्नेहरुलाई सुविधा दिन यो योजना ल्याएको बतार ब्रदर्श पोखराका प्रतिनिधी बिक्की गुरुङले जानकारी दिनु भयो । यसबाट न्यून आम्दानीको स्रोत भएकाहरु धेरै जना लाभान्वित हुने विश्वास छ ।

Advertisment