लोकतान्त्रिक तमु संघको अध्यक्षमा वेदबहादुर गुरुङ ‘श्याम’ सर्वसम्मत निर्वाचित

पोखरा, २९ भदौ
नेकपा (एमाले)को जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको जातीय घटक संगठन लोकतान्त्रिक तमु संघ, नेपालको सप्पन्न दोस्रो राष्ट्रिय सम्मेलन पोखराबाट अध्यक्षमा बेदबहादुर गुरुङ (श्याम) र महासचिवमा हुमबहादुर गुरुङसहित १०१ सदस्यीय केन्द्रिय समिति सर्बसम्मत गठन भएको छ ।
समितिको ७ उपाध्यक्षहरुमा बागमती प्रदेशबाट ओमकुमार गुरुङ, प्रदेश नं.१ र मधेश प्रदेशबाट चक्रबहादुर गुरुङ, गण्डकी प्रदेशबाट हुमबहादुर गुरुङ(स्याङ्जा),लुम्बिनी–कर्णाली–सुदुरपश्चिम प्रदेशबाट प्रेमबहादुर गुरुङ, गमबहादुर गुरुङ(प्रवास, बेल्जियम), महिला उपाध्यक्षहरुमा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ(कास्की) र सर्मिला गुरुङ(मुस्ताङ) निर्वाचित हुनुभएको छ।
यसरी नै समितिको सचिवहरुमा सुरेन्द्र गुरुङ(कास्की), ओमबहादुर गुरुङ(स्याङ्जा), सुर्यप्रसाद गुरुङ(लमजुङं), सुर्यबहादुर गुरुङ(तनहु), खगेन्द्र मेघी गुरुङ(बाग्मती), सिताराम गुरुङ(प्रदेश नं. १ र मधेश प्रदेश) र सहसचिवमा शम्भु गुरुङ(बागमती), कोषाध्यक्षमा बैनबहादुर गुरुङ(कास्की), सहकोषाध्यक्षमा देवकुमारी गुरुङ(बागमती) चयन हुनुभएको छ। यस्तै गरी लेखा आयोगको अध्यक्षमा कास्कीका बिष्णुकुमार गुरुङ, अनुशासन आयोगको अध्यक्षमा बाराका भरतबहादुर घले गुरुङ सर्वसम्मत हुनुभएको छ भने सदस्यहरुमा प्रवासबाट बिजयकुमार गुरुङ(पुर्वी एशिया, हङकङ),बिनय गुरुङ (पुर्वी एशिया, जापान, कृष्ण गुरुङ (अमेरिकी, पश्चिम अमेरिका),शिवजंङ गुरुङ (मध्यपुर्व, युएई),रामचन्द्र गुरुङ (यूरोप, यूके), मुक्त गुरुङ (यूरोप, स्पेन) र निलम (अमेरिकी, पुर्वी अमेरिका रहनुभएको छ।
यस्तैगरी सदस्यहरुमा स्याङ्जाका धर्म गुरुङ, रुपसिंह गुरुङ, लोकबहादुर गुरुङ, ध्रुव गुरुङ, कास्कीबाट रामु गुरुङ, लिलाबहादुर गुरुङ, सगुन गुरुङ, काशीमाया गुरुङ, चन्द्रबहादुर गुरुङ, बालकुमारी गुरुङ,चेतबहादुर गुरुङ, समबहादुर गुरुङ, लालसुब्बा गुरुङ, महेन्द्र गुरुङ, हरिमाया गुरुङ,चन्द्रबहादुर गुरुङ,एक्का जंग गुरुङ, सुु.मे.जसबहादुर गुरुङ(भुपू सैनिक), सु.मे.नौबहादुर गुरुङ(भुपू सैनिक), तनहुबाट टकमान गुरुङ, रुपा गुरुङ, रनबहादुर गुरुङ, भिमबहादुर गुरुङ, लमजुङबाट कृष्ण गुरुङ, टसबहादुर गुरुङ, सुचना गुरुङ, लालकुमारी गुरुङ, सुर्यबहादुर गुरुङ, गमबहादुर गुरुङ (गजेन्द्र), सन्तोष गुरुङ, विरेन्द्र गुरुङ, गोर्खाबाट आसबहादुर गुरुङ, म्याग्दीबाट तेजबहादुर गुरुङ, नवलपुरबाट आशिफ गुरुङ (सञ्चारकर्मी), नवलपरासीबाट विष्णु गुरुङ, धादिङबाट गोपाल गुरुङ, शारदादेवी गुरुङ (रसुवा), रामबहादुर गुरुङ (ओखलढुंगा), चितवनबाट देउबहादुर गुरुङ, चित्रबहादुर गुरुङ (सञ्चारकर्मी), सन्तोष गुरुङ(रसुवा), विनामाया गुरुङ (बारा), सविता गुरुङ (सिन्धुपाल्चोक), पानबहादुर ध्रुव गुरुङ (सिन्धुपाल्चोक), ईश्वर गुरुङ (नुवाकोट), दीपक गुरुङ (भक्तपुर), चन्द्रबहादुर गुरुङ (दाङ),आसाराम गुरुङ (रोल्पा), विन्द्रबहादुर गुरुङ(कपिलबस्तु), दलबहादुर गुरुङ(धादिङ) निर्वाचित भएका छन ।
नवनिर्वाचित समितिलाई नेकपा (एमाले)का स्थायी समिति सदस्य, लोकतान्त्रिक तमु संघ नेपालका संस्थापक अध्यक्ष एवं अध्यक्ष मण्डलका अध्यक्ष किरण गुरुङ पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै अबिर र खादाबाट बधाई ज्ञापन गर्नुभएको थियो।
यस अघि बन्दसत्रमा सम्मेलन आयोजक समितिका संयोजक बेदबहादुर गुरुङ (श्याम) र महासचिव हुमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको संशोधित विधान परिमार्जन सहित पारित गरिएको थियो।
आयोजक समितिका संयोजक बेदबहादुर गुरुङ (श्याम)को अध्यक्षतामा भएको बन्दसत्रका प्रमुख अतिथि नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुहँुदै तमुहरु राजनीतिको मूलधारमा जुट्नुपर्नेमा जोड दिनुभयो। राजनीति नै देश, जनता र समुदायको हितका लागि गरिने भएकाले तमुहरु राजनीति नेतृत्वमा आउनुपर्ने बताउनुभएको थियो। यसअघि, ‘तमु जाति, भाषा र सँस्कृति, हाम्रो पहिचान राष्ट्रको सम्पत्ति’ नाराका साथ सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलवार पोखरा सभागृहमा उद्घाटन गर्नुभएको थियो।

Advertisment