जनचेतना सहकारीको १५ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, १ असोज
जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, कास्कीको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । सो अवसरमा सहकारीका ज्येष्ठ सदस्य ७० वर्षीया खगीसरा थापा, ७० वर्षीया चन्द्रा थापा र ८२ वर्षीय टेकबहादुर थापालाई सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट महिला बचतकर्ता डोनिका थापा, उत्कृष्ट पुरुष बचतकर्ता निर्मल थापा, उत्कृष्ट ऋणी महिला व्यवसायी नरमाया थापा, उत्कृष्ट ऋणी पुरुष व्यवसायी खोमबहादुर थापालाई पनि सम्मान गरिएको थियो । त्यस्तै, स्नातक तह वा सोभन्दा माथिको शैक्षिक उपाधि प्राप्त गर्न सफल अष्ट्रेलियाबाट एमबीए उत्तीर्ण गर्न सफल भएकोमा शेयर सदस्य उदयकुमार थापाको छोरी प्रिती थापा, छोरा आलोक थापालाई अष्ट्रेलियाबाटै बीआईटी उत्तीर्ण सफल भएकोमा सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकारी संस्थाकी संस्थापक अध्यक्ष सरस्वती रानालाई निरन्तर १३ वर्षसम्म सफलतापूर्वक संस्थाको नेतृत्व गर्न सफल रहेको भन्दै सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष महेन्द्र आलेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल, कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष श्रीकान्त ढुंगाना, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेडका वरिष्ठ सहायक दिप्ती आचार्य, लेखा परीक्षक विष्णुप्रसाद बराल, सहकारीकी उपाध्यक्ष सुशीला राना, सचिव केबी थापाले सहकारी क्षेत्रका विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा सहकारीका शिक्षा उपसमिति संयोजक निर्मल थापाले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो ।

Advertisment