मगर संघ, हङकङको देउसी भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न

हङकङ, ९ कात्तिक
मगर संघ, हङकङ, मूल समितिको आयोजनामा २०७९ सालको तिहारको अवसरमा देउसी भैलो कार्यक्रम २३ अक्टोवर २०२२ का दिन जोर्डनको ब्लुओसन रेष्टुरेन्ट एण्ड बारमा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको सञ्चालन संघका महासचिव झलक थापामगरले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिलाई पञ्चे बाजाद्वारा स्वागत गरिएको थियो भने वरिष्ठ उपाध्यक्ष प्रेम थापामगरको स्वागत मन्तव्यसँगै संघका अध्यक्ष हर्क रानामगर र प्रमुख अतिथि नेपाली महावाणिज्यदूत उदयबहादुर रानामगरद्धारा दियोमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
प्रथम चरणको कार्यक्रममा शुभकामना व्यक्त गर्नेहरूमा अध्यक्ष हर्क रानामगर, प्रमुख अतिथि उदयबहादुर रानामगर, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, मगर संघका सल्लाहकार नेत्र पहराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संयुक्त नृत्य समूहको सांस्कृतिक कौडा नृत्य र थाली नाचपनी निकै आकर्षणको रुपमा रहेको थियो साझको खाना खादै पहिलो चरणको कार्यक्रम समापन भएको थियो।
दोस्रो चरणको कार्यक्रममा उपस्थित मगर र गैर मगर समुदायका पाहुनाहरु समेतले देउसी भैलो कार्यक्रममा नाचगान गरेर भरपुर मनोरञ्जन लिएका थिए। नेपालीहरुको दोस्रो चाड तिहारको मौलिक देउसी भैलोसँगै पञ्चेबाजामा नाच्न पाउँदा उपस्थित सबैको अनुहारमा खुशी प्रष्ट देखिन्थ्यो । पञ्चेबाजा समूहलाई सम्मान पनि सोही कार्यक्रममा गरिएको थियो। मगर संघ, हङकङ मूल समितिले विभिन्न चाडपर्वका अवसरमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ भने तिहारको अवसरमा हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।

Photo Credit: Zap Studio/HK

Advertisment