लाफा ग्रुप लिमिटेडको पाँचौं साधारणसभा पुस २३ गते हुने

काठमाडौं, ८ पुस
सामूहिक लगानीमा स्थापित पब्लिक कम्पनी लाफा ग्रुप लिमिटेडको पाँचौं वार्षिक साधारणसभा यही पुस २३ गते काठमाडौंको नक्सालस्थित लीसरा रिसेप्सनमा हुने भएको छ ।
साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, चुक्ता पूँजी वृद्धि, ठेगाना परिवर्तन, कम्पनी सञ्चालन कार्यविधिलगायतका विशेष प्रस्तावमाथि छलफल गरी पारित गर्ने कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेमगरले जानकारी दिनुभयो । उहाँका अनुसार साधारणसभामा सञ्चालक समितिको प्रतिवेदनमाथि समेत छलफल हुनेछ । घरजग्गा, कृषि, पर्यटन, मिडियालगायतका क्षेत्रमा लगानी गरेको कम्पनीले आफ्ना शेयर सदस्यहरूलाई हरेक वर्ष मुनाफा दिन सफल भएको अध्यक्ष आलेमगरले जानकारी दिनुभयो ।
“आर्थिक समृद्धि अहिलेको आवश्यकता, एकता र इमान्दारिता नै हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सामूहिक लगानीमा स्थापित यस लगानी कम्पनीले जलविद्युत, स्वास्थ्य लगायतका क्षेत्रमा समेत निकट भविष्यमा लगानी गर्ने योजना बनाएको छ । यस कम्पनीको बागमती प्रदेशको काठमाडौं, ललितपुरसहित प्रदेश नं. १ को मोरङ, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही, प्यूठानलगायतका क्षेत्रमा समेत व्यवसायिक परियोजना अघि बढाइएको अध्यक्ष आलेमगरले जानकारी दिनुभयो ।

Advertisment