लोकतान्त्रिक मगर संघ नेपालको पूर्ण बैठक आइतबार बस्दै

काठमाडौं, ८ पुस
नेकपा (एमाले)निकट लोकतान्त्रिक मगर संघ नेपालको पूर्ण बैठक आइतबार काठमाडौंको नक्सालस्थित लीसरा रिसेप्सनमा बस्ने भएको छ ।
बैठकमा सचिवालय गठन, जिम्मेवारी बाँडफाँड, निर्वाचनको समीक्षालगायतका विषयमा छलफल हुने संघका महासचिव जीवन थापामगरले जानकारी दिनुभयो । साथै, बैठककै अवसरमा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा निर्वाचित नेताहरूलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम समेत रहेको महासचिव थापामगरले जानकारी दिनुभयो ।
लोकतान्त्रिक मगर संघ नेपालको पूर्ण बैठकले समसामयिक राजनैतिक परिस्थितिबारे समेत गम्भीर समीक्षा गर्दै सांगठनिक अभियानलाई अघि बढाउने महासचिव थापामगरको भनाइ छ । बैठकले संघको संगठन विस्तार अभियानलाई समेत अघि बढाउन महत्वपूर्ण निर्णय गर्ने उहाँले बताउनुभयो ।

Advertisment