मगर संघद्वारा अमेरिकाको विभिन्न राज्यमा माघे सक्रान्ति पर्व मनाउदै !

न्यूयोर्क, जनवरी ११, २०२३

जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो मातृभुमिलाई, जोगाई राखौ, युगौ युग हाम्रो मौलिक कला संस्कृतिलाईभन्ने मुल मोटो नारा सहित मगरहरुको राष्ट्रिय पर्वमाघे सक्रान्ति पर्व २०२३को अबसरमा मगर संघ अमेरिका मातहतका मगर संघ च्याप्टरहरूद्वारा विभिन्न राज्यमाहरूमामाघे सक्रान्ति पर्व एक सांस्कृतिक कार्यक्रम गरेर भब्य रुपमा मनाउदैछ

जनवरी १०, २०२३ को दिन मगर संघ अमेरिका केन्द्रीय समितिलेमाघे सक्रान्ति पर्ब २०२३को अन्तिम तयारी बारे डाकिएको भर्चुअल बैठकमा च्याप्टर कमिटीका अध्यक्षहरुले आफ्नो तयारी बारे केन्द्रीय समितिलाई जानकारी गराएका थिए

बिं सं २०६५ सालमा नेपाल सरकारले माघे सक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्व घोषणा गरे संगै अमेरिकाका  मगरहरुले पनि माघेसक्रान्ति पर्बलाई भब्य रुपमा मनाउदै आएका छन

गत साल कोडिभ १९ को कारण सबै राज्यमा अन्तिम तयारी गर्दागर्दै स्थगित गर्नुपरेको थियो यस्पाली सबै च्याप्टरहरुले एकदम उत्साह पुर्बक अन्तिम तयारी गरेको जानकारी गराए

मगर  संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले मगर माघे सक्रान्तिको महत्त्व बारेमा स्मरण गराउदै च्याप्टर कमिटीहरुले गरेको तयारीले एकदम उत्साहित भएको भन्दै सबैलाई धन्यवाद दिए केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई आफ्नो पायक पर्ने क्षेत्रमा च्याप्टर कार्य समितिलाई हौसला दिन  सहभागिता जनाउन निर्देशन दिए

अमेरिकाको टेक्सासमा जनवरी १४ , बाल्टिमोरमा जनवरी १४ , न्युजर्शीमा जनवरी १५ , कोलोराडोमा जनवरी १५ , सिकागोमा जनवरी १५ न्युयोर्कमा जनवरी २२ को दिन माघे सक्रान्ति २०२३ ख्यातिप्राप्त कलाकारहरुको साथमा मगर मौलिक कला संस्कृतिको प्रस्तुति सहित भब्य रुपमा सांस्कृतिक कार्यक्रम गरेर मगर संघ अमेरिकाले मनाउदैछ

Advertisment