जुनियर डेविस कप टेनिसमा भाग लिन नेपाली टोली श्रीलंका तर्फ

पोखरा  । श्रीलंकाको कोलम्बोमा हुने जुनियर डेविस कप तथा बिली जीन किंग कप यु–१६ छात्र तथा छात्रा टेनिस प्रतियोगितामा भाग लिन नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ ।प्रतियोगितामा भाग लिन नेपालबाट ५ जनाको टोली श्रीलंका प्रस्थान गरेको हो । टोलीमा ३ जना छात्र र २ जना छात्रा रहेका छन् । टोलीमा पोखराका सृजन भट्टराई, आयुष्मान हुजुर घले, श्रीयोग अधिकारी, सुनिरा थापा र प्रशंसा मोक्तान रहेका छन् ।उनीहरुलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणाले विदाई गरिन् । श्रीलंकाको कोलम्बोमा फेब्रअरी २० देखी २५ सम्म संचालन हुनेछ ।

Advertisment