स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक टेड्रोस वीच भेटवार्ता

स्वीट्जरल्याण्ड । विरामी सुरक्षा सम्बन्धि पाँचौ मन्त्री स्तरिय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गर्नुभएको छ । भेटमा मन्त्रि गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यबाद दिनुभयो ।
विशेष गरी खोप कार्यक्रम पोलियो लयागत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि धन्यबाद दिनु भयो ।
भेटमा २०७२ सालको भुकम्प हैजा प्रकोप कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध पुर्याउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यबाद ब्यक्त गर्नुभयो ।


नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणाली लगायतका हाल भैरहेका गतिबिधीहरू विस्तार र आपसी सहकार्य समन्वयमा गर्ने कुरा मन्त्री गिरीले राख्नु भएको थियो ।
विश्व स्वास्थ्य संगठनका समन्वय सेन्टरहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण स्वास्थ्य सुरक्षा र अन्तराष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिबृद्धिका लागि निरन्तर सहयोगका कुराहरूका विषयमा भेटमा छलफल भएको मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिनुभयो ।

Advertisment