‘प्रथम फ्लो फ्लो कप’ को तयारी पूरा

१३ फागुन पोखरा । गन्नी एफसी फुटबल क्लवको आयोजनामा ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा फागुन (भोली) १४ गते देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिए ।

‘हाम्रो प्रतियोगिताको तयारी लगभग सकिएको छ, फुटबलको विकास गर्ने उद्देश्यसहित फुुटवल प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष क्षेत्रीले  बताए । भोली १४ गते दिनको १ः३० बजे उद्घाटन गर्न हाम्रा सम्पूर्ण टीम तयारीमा लागेका छौ, उनले भने, ‘हालसम्म ४० टिमको दर्ता भइसकेको छ ।

अध्यक्ष क्षेत्रीका अनुसार सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५÷५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।

Advertisment