टोखा नगरपालिकाको सहयोगमा एड्भान्स ब्युटिसियन तालिम

काठमाडौं, ७ जेठ
टोखा नगरपालिका, काठमाडौंको सहयोगमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रको आयोजनामा एड्भान्स ब्युटिसियन तालिम सञ्चालन गरिएको छ ।


टोखा नगरपालिका वडा नं. ११ का वडाबासी महिलालाई उद्यमशील बनाउने उद्देश्यले आयोजित तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन् । तालिममा प्रमुख प्रशिक्षक तारादेवी थापा र सहायक प्रशिक्षक सानु थापाले सहजीकरण गरिरहनुभएको छ ।
जेठ मसान्तसम्म सञ्चालन हुने तालिममा एड्भान्स ब्युटिसियन अन्तर्गत सौन्दर्यसम्बन्धी विभिन्न विषयमा सहभागीहरूले तालिम लिइरहेका छन् । तालिम प्राप्त महिलाहरूले सौन्दर्यकला व्यवसाय सञ्चालन गरी उद्यमी बन्न सक्ने नगरपालिकाले विश्वास लिएको छ ।

Advertisment