घिरिङ–पोखरा सम्पर्क समाजको तेस्रो स्थापना दिवसमा रक्तदान

पोखरा, ४ भदौ
घिरिङ–पोखरा सम्पर्क समाज, कास्कीको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।
सो रक्तदान कार्यक्रमको सोमबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले पहिलो रक्तदाता विमला थापालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै मन्त्री आलेले रक्तदान दानहरूमा पनि महादान भएको बताउनुभयो । तनहुँको ऐतिहासिक क्षेत्र घिरिङको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताउँदै उहाँले विभिन्न पेशा, व्यवसायका कारणले जन्मथलो छोडेर बसे पनि आफ्नो जन्मभूमिको माया सबैलाई हुनुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष मानबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ, गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगर, नेपाल मगर संघ, चाउथे कदममार्ग एकाइ समितिकी अध्यक्ष सुनमाया आलेमगर, समाजसेवी सूर्यकुमार श्रेष्ठ, इन्द्रबहादुर थापा, सुशीला आचार्य, मञ्चका उपाध्यक्ष जीवनप्रकाश श्रेष्ठ, सचिव यमसरी थापा, प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराकी प्राविधिक यमुना केसीलगायतले बोल्नुभएको थियो ।

 

Advertisment