भारतीय व्यवसायी जावेद अहमदको निधन

पोखरा, १३ असोज
तीन दशकदेखि नेपालमा व्यवसाय गर्दै आएका भारतीय व्यवसायी जावेद अहमदको निधन भएको छ ।
भारतीय व्यवसायी संघ, गण्डकीका उपाध्यक्ष समेत रहेका ५८ वर्षीय व्यवसायी अहमदको उपचारका क्रममा बिहीबार निधन भएको हो । लामो समयदेखि मुटु रोगबाट पीडित व्यवसायी अहमदको कश्मिरको श्रीनगरस्थित एसएमएचएस अस्पतालमा उपचार भइरहेको थियो ।
भारतदेखि नेपालमा आएर व्यवसाय सञ्चालन गरेका व्यवसायी अहमदले नेपालको सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएका थिए । व्यवसायी अहमदको निधनप्रति दुःख व्यक्त गर्दै संघका अध्यक्ष इन्तिखाब आलमले अहमदको निधनले नेपाल–भारत व्यापार क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । व्यवसायी अहमदले व्यवसायसँगै सामाजिक क्षेत्रमा पु¥याएको योगदान सदा स्मरणीय रहने अध्यक्ष आलमले उल्लेख गर्नुभयो । स्व. अहमदका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Advertisment