सहकारीका सञ्चालक इमान्दार हुनुपर्छ ः उपसभामुख थापा

पोखरा, २९ असोज
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले सहकारीका सञ्चालकहरू इमान्दार हुनुपर्ने बताउनुभएको छ ।
पोखरा–६, बैदाममा रहेको हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार आयोजित १३ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनमा बोल्दै उपसभामुख थापाले सहकारीका सञ्चालक र शेयर सदस्य इमान्दार भए सहकारीमा कुनै समस्या नआउने बताउनुभयो ।
सहकारी सञ्चालकको इमान्दारितासँगै शेयर सदस्यले पनि निरन्तर खबरदारी गर्नु आवश्यक रहेको बताउँदै उहाँले शेयर हालेँ भनेर ढुक्क बस्न नहुनेमा जोड दिनुभयो । हजारौं सहकारी रहेकामा केही सहकारीमा समस्या देखिएको बताउँदै उपसभामुख थापाले सबै सहकारीलाई एउटै डालोमा हाल्नु न्यायोचित नहुने धारणा राख्नुभयो ।
समस्याग्रस्त सहकारीलाई राज्यले विशेष निगरानीमा ध्यान पु¥याउनुपर्ने आवश्यकता औंल्याउँदै थापाले सहकारीमा हुने कारोबारमा सबैले इमान्दारिता देखाउनुपर्ने बताउनुभयो । सहकारी एक प्रकारको व्यवसाय भएको बताउँदै उहाँले निम्न वर्गका नागरिकलाई सहकारीका माध्यमबाट समृद्धितर्फ डो¥याउन सक्नुपर्ने उल्लेख गर्नुभयो । सहकारी व्यक्तिकेन्द्रित नभएर शेयर सदस्य केन्द्रित भएर सञ्चालन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।


त्यस्तै, गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले सर्वसाधारण जनतामा वित्तीय पहुँचका लागि सहकारी क्षेत्रको ठूलो योगदान रहेको बताउनुभयो । सामाजिक पूँजी निर्माणमा सहकारीले टेवा पु¥याएको उल्लेख गर्दै पहारीले सहकारीमा समस्या आउन नदिन सञ्चालक सँगै शेयर सदस्य पनि उत्तिकै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्रा.डा. भरतराज पहारी, पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य दीपेन्द्र पहारी, पूर्व वडाध्यक्ष चुडामणि पहारी, सहकारीका कानूनी सल्लाहकार अधिवक्ता कमल अर्याल, सल्लाहकार मेहरमान श्रेष्ठ, सामुदायिक सेवा केन्द्र, बैदामका अध्यक्ष नेत्रलाल भण्डारी, मितेरी नारी समूहका अध्यक्ष लक्ष्मी केसी, शेयर सदस्यको तर्फबाट जगन्नाथ पौडेललगायतले सहकारीका बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पम्फा पहारी र सचिव भरत पौडेलले पनि बोल्नुभएको थियो भने सञ्चालक सदस्य चेतनारायण पाण्डेले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो ।
सो अवसरमा उत्कृष्ट कारोबारीका रुपमा पुष्पा पहारी र कौशिला खत्री, स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउन सफल प्रवेश ढकाल, एसईई परीक्षामा उत्कृष्ट अंंक ल्याउने सामुदायिक विद्यालयका तर्फबाट किशोर भण्डारी र निजी विद्यालयका तर्फबाट रोनिजमणि बराललाई सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने ११ जना शेयर सदस्यलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । जसमा चुडामणि पहारी, बाटुली पौडेल, पुष्पराज ढकाल, सुब्बाकुमार श्रेष्ठ, मायादेवी अधिकारी, कमला थापा, पिताम्बर बाँस्तोला, सरस्वती ढुंगाना, विन्दु भुजेल, पार्वती पौडेल र सीता बाँस्तोला रहनुभएको छ । त्यस्तै, उत्कृष्ट कर्मचारीका रुपमा हिरा थापामगरलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

Advertisment