नेपाल मगर संघ, पोखरा महानगरको भित्तेपात्रो लोकार्पण

पोखरा, २६ चैत्र
नेपाल मगर संघ, पोखरा महानगर समितिले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को भित्तेपात्रो सोमबार लोकार्पण गरिएको छ ।
नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा भित्तेपात्रोको लोकार्पण गर्दै नेपाल मगर संघ, कास्कीका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर पुर्जामगरले महानगर समितिले भित्तेपात्रो प्रकाशन गरेर रचनात्मक कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । कार्यवाहक अध्यक्ष पुर्जामगरले विगतमा पनि विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्दै आएको पोखरा महानगर समितिले आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा गरेको उल्लेख गर्नुभयो ।
नेपाल मगर संघ, कास्कीका सचिव लालबहादुर रानामगरले मगर जातिले राजनीतिक, आर्थिक र शैक्षिक क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउँदै शिक्षित र सचेत मगर समाज निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभयो । नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ, कास्कीकी जिल्ला सदस्य दिलु पुनमगर, पोखरा महानगर समितिका उपाध्यक्ष मुन्नु थापामगर, सचिव केशबहादुर थापामगर, सदस्य क्षेत्रबहादुर रानामगरलगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Advertisment